Amargadhi Post

डडेल्धुरामा पहिरो : खेत बगायो,घर जोखिममा

अमरगढी पोष्ट समाचार
डडेल्धुरा भदौं १२ गते । निरन्तरको बर्षाका कारण डडेल्धुराको परशुराम नगरपालिका ७ घुम्टेगडाका दुई परिवारको बाढी पहिरोले खेत बगाएको छ भने घर जोखिममा परेको छ । परशुराम ७ घुम्टीगडाका राजेन्द्र बिष्ट र अमर बिष्टको धानबाली लगाएको ६ रोपनी भन्दा बढी जमिन बाढीले कटान गरेर पहिरो गएपछि पुर्ण रुपमा क्षती पुयाएको छ । स्थानिय घुम्टेखोलामा आएको बाढीले कटान गरेर खेत बगाएर घर समेत जोखिममा पर्न थालेपछि उनीहरु पिडामा छन । अन्नबाली उब्जीने खेत नै बगरमा परिणत भएपछि चिन्तित बनेका उनीहरु घरमा समेत क्षती पुग्ने भयले त्रसित छन ।
खोलमा तटबन्धन नगरि अझै पहिरो जाने खतरा रहेको भन्दै घटनास्थल मुजुल्का उठाउन पुगेको प्रहरी टोलीले समेत उनीहरुलाई तटबन्धनको जोह गर्न भनिएपछि थप पिडामा परेका छन । वडा कार्यालय र स्थानिय प्रहरीको टोली घटनास्थल पुगेर बस्तुस्थिती र क्षतीको बिबरण लिएर फर्किएपछि उनीहरु अहिले थप क्षती हुनबाट रोक्नका लागी राज्यका निकायहरु संग तटबन्धका लागी आग्रह गर्नुभएको छ ।


जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत चन्द्रबहादुर रोकायाले पहिरोका कारण भएको क्षतीका बिषयमा जानकारी प्राप्त भएकाले राहतका लागी पहल गरिने बताउनुभयो । थप क्षती हुन नदिन तटबन्धनका लागी तारजाली उपलब्ध गराउने प्रयास भईरहेको बताउनुहुदै रोकायले पिडित परिवार चिन्तित नबन्न आग्रह गर्नुभएको छ । पिडित बिष्टले उब्जनी हुने खेत नै रहेन बसोबास गर्ने घर जोखिममा रहेको भन्दै यथासिघ्र तटबन्धनका लागी सरकारी निकायले पहल गरिदिनेमा आशाबादी रहेको बताउनुभयो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।