लक्ष्मी ऐर
डडेल्धुरा असोज १७ गते । खानेपानी तथा ढल व्यवस्थापन कार्यालय डडेल्धुरामा कार्यरत इन्जिनियर र लेखापाल बिचको कुटाकुट काण्ड अन्ततः मिलापत्रमा टुङिगएको छ । दुबै पक्षले आ आफ्ना कमी कमजोरीहरुलाई स्विकार गरि मिलापत्र मार्फत टुङिगएको हो ।
शुक्रबार कार्यालय भित्र इन्जिनियर मनोज कुमार दास र लेखापाल राजेन्द्रबहादुर थापा बिच भएको हातहालाहालको अबस्थाले दुबैलाई चोट लागेको थियो । उनीहरु दुबै पक्ष डडेल्धुरा अस्पतालमा उपचार गरि फर्किएका थिए । कर्मचारीकै बिचमा किन कुटाकुटको अबस्था सिर्जना भयो त यो बिषयमा भने घटनाले नयाँ मोड लिदै समाधान भएको छ । उनीहरुका बिचमा आर्थिक लेनदेनको अबस्थाले बिबाद लामो समयदेखि सिर्जित थियो तर शुक्रबार भने कोठाको ताला तोडेको बिषयमा बिबाद हुदाँ कुटाकुट भएको बताईएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा दुबै पक्षले शनिबार आ आफ्नो कमजोरी स्विकार गरेर मिलापत्र गरिएको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय डडेल्धुराका कार्यालय प्रमुख अरुणकुमार कर्णले बताउनुभयो । उनले दिएको जानकारी अनुसार इन्जिनियर दाश नभएका बेला लेखापालको निर्देशनमा ताला फोडेर कोठा खोलेको बिषय नै झगडाको मुख्य बिषय रहेको बताईएको छ ।
आफुलाई नसोधी किन ताला फोडेको भन्दै उत्पन्न बिबादले दुबै पक्षका बिचमा हातहालाहाल भएपछि घटना कुटपिटमा परिणत भएको कर्णले बताउनुभयो । घटना सामानन्य थियो तर दुबै पक्षको असमझदारीले गर्दा यस्तो परिणाम आयो उहाँले भन्नुभयो— दुबैले गल्ति स्विकार गरेपछि मिलापत्र गरिएको छ । घटनापछि दुबै पक्षलाई मन्त्रालयले बोलाएको र उनीहरुमाथी थप अनुसन्धान हुन सक्ने जनाएको छ ।




