अमरगढी पोष्ट समाचार
डडेल्धुरा असोज १७ गते । डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रिलोक्यनाथ पाण्डेय नियुक्त भएका छन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पताल विकास समिति अध्यक्षमा पाण्डेयलाई नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष पाण्डेयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन ।
यसैगरी सदश्यमा बिक्रम जैरू र शान्तिकुमारी बिष्टलाई नियुक्त गरिएको छ । एक जना सदश्य नियुक्त गर्न बाकी राखेको छ । मन्त्रालयले बिकास समितिका पदाधिकारी नियुक्ती गर्नका लागी खुल्ला आबेदन माग गरेको थियो । अध्यक्षमा २० जनाको आबेदन परेको थियो । आबेदकहरुको सर्टलिष्ट गरि १९ जना अन्र्तबार्ताका छनौट गरिएका थिए भने तिन सदश्यका लागी १४ जनाको आबेदन परेको थियो । आबेदकहरुलाई काठमाण्डौ बोलाएर अन्र्तबार्ता लिएको थियो ।


