Amargadhi Post

भौतिक पुर्वाधार नहुँदा अजयमेरु कोट अवलोकनमा समस्या

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,मसिर,२१गते । डोटेली राजा नागी मल्लले शासन गरेको अजयमेरु कोटमा भौतिक पुर्वाधार नहुदा आन्तरिक तथा बाह्य पर्यटक लाई सास्ति हुने गरेको छ । १५ सय बर्ष पुरानो ईतिहास बोकेको दरबार क्षेत्र जिर्ण संगै पैदल बाटो एवं देवल स्थल मासिदै जाँदा अवलोकन गर्न पुग्ने लाई समस्या हुने गरेको हो ।

अवशेष मात्रै रहेको दरबार, गुफा क्षेत्र अवलोकनका लागी आवश्यक पदमार्ग नहुदा समस्या हुने गरेको अवोकन कर्ता बताउछन । गत बर्ष कोट नजिकै ग्रामिण कच्चि सडक पुगे पनि दरबार क्षेत्रमा दरबार बारे जानकारी, सहज गरी हिड्ने बाटो समेत नहुदा समस्या हुने गरेको गुनासो अवलोकन कर्ताहरुको छ । डडेल्धुरा सदरमुकाम बागबजार देखि करिब पाँच किलोमिटर कच्चि सडकको दुरीमा अजयमेरु कोट भए पनि पर्याप्त पुर्वाधारका सरचना नहुदा समस्या हुने गरेको हो ।

नेपाली भाषाको उद्गम स्थलको ईतिहांस बोकेको अजयमेरु कोटको ंसंरक्षण सम्बर्दन एवं अवलोकनका लागी सहयोगी संरचना नहुदा समस्या हुने गरेको अजयमेरु कोट पुग्ने अवलोकन कर्ताको गुनासो छ ।

ढुङ्गा लाई कलात्मक रुपमा कुदी आकर्षण शैलीमा देवल, बैठक कक्ष, भेटघाट कक्ष रहे पनि ति स्थानहरुमा पुग्न पैदल बाटो आवश्यकता अनुसार नहुदा अवलोकन कर्ताको मन खिन्न बनाउने बैतडीको पाटन नगरपालिका– ७ दानखोलाको चतुर्भुज प्राबि प्रधानाध्यापक धर्मानन्द भट्टले गुनासो गरे ।

शैक्षिक भ्रमणमा शिक्षक बिद्यार्थी सहित बुधबार अजयमेरु कोट पुगेका उनले ढुङ्गै ढुङ्गले बनेका संरचनाहरुले अवलोकन रोचक बनाए पनि भौतिक पुर्वाधार नहुदा समस्या हुने गरेको बताए । अजयमेरु कोट स्थलमा खानेपानिको पनिको पनि व्यवस्था छैन । दरबार क्षेत्र, गुफा क्षेत्र अवलोकनका लागी उचित पैदल बाटो छैन । उनले भने, देवल रहेका स्थानहरुमा पनि खेतीपाती गरिएकाले आउ जाउ गर्न कठिनाई छ ।

कोट रहेको पछाडी तर्फ गुफा रहेका छन । गुफा क्षेत्र अवलोकन गर्दा भिरालो जमिन छ । बाटो र रेलिङ्ग नहुदा बालवालिका लगायत अरुहरु लाई समेत खतरा रहने उक्त बिद्यलायकै शिक्षक सरस्वती भट्टले गुनासो गरिन । कोट क्षेत्रमा खानेपानिको समेत कुनै सुबिधन नहुदा खोलाको पानि पिउनु पर्ने बाध्यता रहेकाले स्थानिय सरकारले स सना कुरामा ध्यान दिई भौतिक पुर्वाधारहरु निर्माण गर्न सके अजयमेरु कोट सुदूरपश्चिम प्रदेशको एतिहासिक पर्यटकिय स्थल बन्नुका साथै आय आर्जनको राम्रो स्रोत बन्न सक्ने बताईन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।