एयरपोर्ट अध्यनका लागी प्राबिधिक टोली पुन ः डडेल्धुरामा
डडेल्धुराको पुइलेक विमानस्थलका लागि उपयुक्त !
हरेन्द्र साँउद
डडेल्धुरा,पुस,२७ गते । एयरपोर्ट निर्माणका लागी सम्भाब्यता अध्यनका लागी प्राबिधिक टोली पुन ः डडेल्धुरा आईपुगेको छ । डडेल्धुराको अजयमेरु गाँउपालिका अन्र्तगत रहेको तत्कालिन समैजी गाबिसको पुईलेक क्षेत्रमा एयरपोर्ट स्थापनाका लागी सम्भाव्यता अध्ययनको काम सुरु भएको हो ।

अजयमेरु गाउँपालिका–१ पुइलेकदेखि वयलडाँडा सम्मको १२ सय मिटर जग्गामा सम्भाव्यता अध्ययन सुरु भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरण मन्त्रालालयले सम्भाव्यता अध्ययनका लागि जिल्लामा प्राविधिक टोली पठाएको छ । प्राविधिक टोलीले आइतबार सम्भाव्यता अध्ययनका रुपमा स्थलगत निरिक्षण गरि लम्बाई चौडाइ लिनुका साथै उक्त क्षेत्रको नक्सा ड्रोन क्यामरा मार्फत गरेको छ ।

त्यहाँको भू–वनोट लगायत ल्यान्डिङ र टेकअफ गर्ने बेलाका लागि अपट्याकल लिमिटेसन लगायतका कुराहरुलाई हेर्दा पहाडी जिल्लाका लागि उपयुक्त स्थान रहेको अध्ययन टोलीका सदश्य इन्जिनीयर नरेश सिवाकोटीले जानकारी दिनुभएको छ । २०७० सालबाट डडेल्धुरामा विमालस्थल निमार्णका लागि विभिन्न स्थानमा माग राखेको भएपनि अहिले आएर पुइलेकमा प्रारम्भिक अध्ययन पश्चात सम्भाव्यता अध्ययन सुरु गराउन सफल भईरहेको नेकपाका नेता डा.तारा जोशीले प्रतिकृया दिनुभयो ।

सुदुरपश्चिमका अधिकाँस पहाडी जिल्लाहरुमा एयरपोर्ट बनेका छन तर डडेल्धुरामा बन्न सकेन उनले भने— जसरी भएपनि एयरपोर्ट निर्माण गर्नेमा लागीरहेका छौं । विमानस्थल निर्माणका लागि डडेल्धुराको पुइलेकमा कालोपत्रे सडकको पहुँच भएकाले उपयुक्त ठाउ रहेको टोलीका सदश्य शिबाकोटीले जानकारी दिनुभयो ।
सम्भाव्यता अध्ययन सुरुसँगै स्थानीय खुसी
यसैबीच यस क्षेत्रमा प्रारम्भिक अध्ययन पश्चात सम्भाव्यता अध्ययन सुरु भएपछि स्थानीय नागरिक खुसी भएका छन ।
लामो समयदेखि चर्चामा रहेका स्थानमा फेरी अध्ययन सुरु भएपछि अब बन्छकी भन्ने आशा पलाएको स्थानीय समाजसेबी डम्बर साउँदले बताउनुभयो । डडेल्धुराको अजयमेरु–१ समैजी पुइलेक क्षेत्रमा विमालस्थान निमार्ण भए ७ पहाडी जिल्लाको लागि यो ठाउ उपयुक्त हुने र धनगढी नेपालगञ्ज हुस्सु लगायतका कारणले उडानमा समसया आउने गरेको छ ।
