अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,फागुन,३ गते । डडेल्धुरामा बस र हाईस ठोक्किँदा सातजना घाइते भएका छन । शनिबार दिउँसो धनगढीबाट अछामतर्फ गइरहेको ना ६ख १९८० नम्बरको बस र दिपायलबाट धनगढीतर्फ आइरहेको ना से १ख १७३६ नम्बरको हाइस डडेल्धुराको साहुखकमा एकआपसमा ठोकिदा दुबैतर्फका सातजना घाईते भएका हुन । ्
डडेल्धुराको साहुखर्कमा भएको उक्त दुर्घटनामा हाइस चालक सहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
घाईतेभएका सातै जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ । घाईते हुनेहरुमा डोटी जिल्ला पुर्बीचौकी गाउपालिकाका ३१ बर्षिय बिरेन्द्र उपाध्याय,सिखर नगरपालिका वडा नं. ३ का ३४ बर्षिया अमृता घिमिरे,डडेल्धुरा जिल्लाको नबदुर्गा गाउपालिका ३ का ३६ बर्षिया बिक्रम बिक ,दिपायल सिलगढी नगरपालिका वडा नं.४ का रतन बहादुर बिष्ट,कैलालीको फुलबारीका,चन्द्रकुमारी पोखरेल र हाईस चालक बीरबहादुर ऐरको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घाईतेहरुको उपचार भईरहेको र सबै खतरामुक्त रहेको अस्पतालले जानकारी दिएको छ । घटनाको बिषयमा अनुसन्धान भईरहेको र दुबै सवारी साधनका चालकहरु प्रहरीको नियन्त्ररणमा रहेको जनाएको छ ।
