Amargadhi Post

सामुदायिक बनका बिरुद्धमा अख्तियारमा परेको उजुरीको सुनुवाई हुन सकेन

अमरगढी रैबार संम्बाददाता
डडेल्धुरा,फागुन,५ गते । डडेल्धुराको एक स्थानिय सामुदायिक बनका बिरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरमा उजुरी परेको झण्डै ६ महिना बितिसक्दासम्म पनि सुनुवाई हुन नसकेको स्थानीयको गुनासो छ ।
आलिताल गाँउपालिका वडा नं. ६ फल्लेखर्क अन्र्तगत रहेको सुरपाल समुदायिक बन उपभोक्त समिति भित्र आर्थिक अपारदर्शिता र भ्रष्टाचार भएको भन्दै तत्काल छानबिनको माग राख्दै स्थानीय उपभोक्ताहरुले अख्तियार दुरुपयोगको कार्यालय कञ्चनपुरमा उजुरी दिएको ६ महिना बितेको छ ।
०७४÷०७५ सालमा उक्त सामुदायिक बन उपभोक्ता समितिले ७ लाख १४ हजार बराबरको काठ बिक्री गरेकोभएपनि त्यसको हरहिसाब पारदर्शि हुन सकेको छैन । सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष धनबहादुर कुबरलाई पटक पटक हरहिसाब पारदर्शिता गर्न स्थानीय उपभोक्ताहरुले आग्रह गर्दा समेत सुनुवाई नभएपछि अख्तियारमा उजुरी दिन बाध्य भएको स्थानीयहरुको भनाई छ ।
उक्त सामुदायिब बनले काठ बिक्री गरेको ७ लाख १४ हजार रकम खर्च भएको र बिल भरपाई र कहा कहाँ खर्च भयो त्यसको पारदर्शिता गर्नुपर्ने माग राखेपछि उल्टो समितिबाटै धम्की आउने गरेको स्थानीय उपभोक्ता बिक्रम कुबरले बताउनुभयो ।
हरहिसाब माग गर्दा मौखिक रुपमा सबै रकम खर्च भएको भन्दै हिड्ने अध्यक्षलाई अपारदर्शि रुपमा खर्च गरि सामुदायिक बनका नाममा भ्रष्टाचार गर्ने अधिकार नभएको कुबरको भनाई थियो । उक्त काठ बिक्री गर्दा स्थानियले गरेको ज्यालामजदुरी समेत नपाएको र हरहिसाब समेत गोलमाल गरेको भन्दै अख्यिारमा दिएको उजुरीको समेत अहिले सम्म सुनुवाई हुन नसकेको कुबरको गुनासो थियो ।
अख्तियारलाई यस बिषयमा पटक पटक आग्रह गर्दा समेत छानबिन भईरहेको प्रतिकृया आएपनि अहिले सम्म कुनै छानबिनको काम अघि बढ्न नसकेको स्थानीयको भनाई छ । इलाका बन कार्यालय घरेलु आलिताल र जिल्ला डिभिजन बन कार्यालय डडेल्धुरामा समेत उक्त सामुदायिक बनका बिरुद्धमा स्थानीयहरुले मुद्धा दिएको छ । बिबादका बिचमा इलाका बन कार्यालयले छपान गरेपनि स्थानियबासीको तिब्र बिरोधपछि कटानी आदेश भने रोकिएको छ ।
यसरी सामुदायिक बनका पदाधिकारीहरुले समुहको रकमको खुलेयाम आर्थिक हिनामिना र मजदुरीको ज्याला समेत नदिएको भन्दै बिभिन्न निकायमा उजुरी दिदा समेत सुनुवाई हुन नसकेको स्थानीहरुको गुनासो छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।