लक्ष्मी ऐर
डडेल्धुरा,फागुन,७ गते । डडेल्धुरामा ७० औं प्रजातन्त्र दिवस भब्यताका साथ मनाईएको छ ।
डडेल्धुराको बागबजारबाट बाजागाजा सहित निकालीएको प्रभातफेरी ¥याली जिल्ला समन्वय समिति डडेल्धुरामा पुगेर औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको हो ।
जिल्ला समन्वय समिति प्रमुख तथा प्रजातन्त्र दिवस मुल समारोह समितिका सयोजक गणेशराज भट्टको सभापतित्व र अमरगढी नगरपालिकाका नगर प्रमुख बिशेश्वर प्रशाद ओझाको प्रमुख आथित्यतामा दिवस मनाएको हो ।
दिवसको अबसरमा प्रजातन्त्र बहालीका लागी ज्यान अर्पण गरेका सहिदहरुलाई माल्र्यापण गर्दे सहिदहरुको त्याग र तपश्याले मुलुकमा प्रजातन्त्र,लोकतन्त्र र संघियता आएको अमरगढी नगर प्रमुख बिशेश्वर प्रशाद ओझाले बताउनुभयो ।
कार्यक्रममा माननिय जिल्ला न्यायधिस हरिप्रशाद उपाध्याय शर्मा पंगनी,प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त लगायतले शुभकामना मनतब्य ब्यक्त गरेका थिए । दिवसको अबसरमा नगर सरसफाई र डडेल्धुरा अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गर्दे दिवस मनाएको छ ।
