हरेन्द्र साउद
डडेल्धुरा,फागुन,१२ गते । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न डडेल्धुरामा ‘सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन औद्योगिक व्यापार मेला एवं चौथो डडेल्धुरा महोत्सव जारी रहेको छ ।

‘सुखी नेपाली समृद्ध नेपाल,कृषि पर्यटन उद्योग र व्यापार, समृद्धिको आधार’ भन्ने मूल नाराका साथसुरु भएको महोत्सव आज पाचौं दिनमा पनि विभिन्न कलाकारहरूले प्रस्तुति गरिरहेका छन ।
भ्रमण वर्षलाई सफल पार्न आयोजना गरिएको महोत्सव बिहीबार रातिदेखिको लगातारको वर्षा र हावाहुरीले प्रभाबित बनेपनि शनिबार देखि देखि मौसममा सुधार आएपछि महोत्सबमा दर्शकहरुको घुईचो लाग्ने गरेको छ ।

महोत्सवमा लोक दोहरी हाँस्यव्यंग्य, स्थानीय लोक देउडा तथा नृत्य र साँस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन, पर्यटक लक्षित संस्कृति भेषभूषा तथा ऐतिहासिक पुरातात्विक प्राकृतिक धार्मिक विभिन्न पर्यटकीय क्षेत्रको उजागर र प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको संघका अध्यक्ष लोकराज भट्टले जानकारी दिनुभएको छ ।




