Amargadhi Post

धनगढीकी सरस्वती, दिदी बहिनी कपमा सर्वोत्कृष्ट खेलाडी घोषित

0 237

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,फागुन,१३ गते । चौँथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल एपिएफ क्लबकी ओपन स्पाइकर धागढीकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन्।

उनले एपिएफलाई शनिबार दिदी बहिनी कपको उपाधि दिलाउन महत्वपुर्ण भुमिका निभाएकी थिइन् सर्वोत्कृष्ट खेलाडी बनेसँगै सरस्वतीले १० हजार रुपैया प्राप्त गरेकी छिन्।

शनिबार एपिएफले पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको थियो। शनिबारै होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो।

च्याम्पियन एपिएफले २ लाख रुपैया प्राप्त ग¥यो। दोस्रो भएको पुलिसले १ लाख तथा तेस्रो भएको डायमन्डले ५० हजार रुपैया हात पारेको छ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।