Amargadhi Post

डडेल्धुरामा ढिस्कोमा पुरिएर एकजनाको मृत्यु, ४ घाइते

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,फागुन,१६ गते । डडेल्धुरामा पहिरोको ढिस्कोमा पुरिएर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नगदुर्गा गाउँपालिका २ बेडपानीका ६६ वर्षीय डम्मरे लुहार छन्।

बिहीबार सवा १२ बजे नवदुर्गा गाउँपालिका–२ बेडपानीमा रहेको अमरघाट झोलुङे पुलको फाउण्डेशनमा काम गरिरहेका मजदुरमाथि पहिरो खस्दा अन्य ४ जना घाइते भएका छन्।

घाइते हुनेमा सोही ठाउँका ५० वर्षीय पतीराम भट्ट, ६६ वर्षीय टेकबहादुर साउँद, ४५ वर्षीय शिवराज भट्ट र ७९ वर्षीय टीकाराम भट्ट रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

प्रहरी नायब उपरिक्षक न्यौपानका अनुसार घाइतेहरूको तत्काल उद्धार गरी डडेल्धुरा अस्पताल डडेल्धुरा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।