अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,फागुन,१७ गते । डेल्धुरामा जारी चौथो डडेल्धुरा महोत्सवको स्थलममै रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल विद्यार्थी संघ, डडेल्धुरा र कपडा बैंकको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । रक्त संकलन केन्द्र डडेल्धुराको सहकार्यमा आयोजित उक्त रक्तदान कार्यक्रबाट १४ पिन्ट रगत संकलन भएको कपडा बैैैंक डडेल्धुराका अभियान्ता पदम भण्डारीले जानकारी गराउनुभएको छ ।
कपडा बैंकले विगतमा पनि विभिन्न समाजिक कार्यहरु गर्दै आएको छ भने पटक पटक यस्ता रक्तदान कार्यक्रमले यहाँको बिरामीहरुका लागी सहजता पु¥याएको छ । रगतको अभाबमा डडेल्धुरा अस्पतालमा थुपै बिरामीहरु छटपटी रहेका हुन्छन के त नेपाली सेनाको खोजी गरिन्छ भने के त नेपाल प्रहरीको खोजी गर्नुपर्ने अबस्था रहदै आएको छ । डडेल्धुरा अस्पतालमा बिरामीको चाप र रगतको अभाबले थुपै बिरामीहरुका अभिभाबकहरु भौतारीरहेका बेला नेबिसघं र कपडा बैंकका युबाहरुले यस्तो काम गरेपछि सबैक्षेत्रबाट प्रशंसा भईरहेको छ ।
