अमरगढी रैबार संम्बाददाता
डडेल्धुरा,फागुन, ३० गते । डडेल्धुरामा ‘राष्ट्रिय औद्योगिक सर्वेक्षण कार्यक्रम २०७६’ सुरु हुने भएको छ । औद्योगिक क्षेत्रले मुलुकको समग्र अर्थतन्त्रमा पु¥याएको योगदान, औद्योगिक क्षेत्रले सिर्जना गरेको रोजगारी, औद्योगिक क्षेत्रमा भएको मूल्य अभिवृद्धि, औद्योगिक प्रतिष्ठानको अवस्था पहिचान एवं तथ्यांक अद्यावधिक गर्ने उद्देश्यका साथ राष्ट्रिय औद्योगिक सर्वेक्षण कार्यक्रम सुरु हुने भएको हो ।
शुक्रबार तथ्यांक कार्यालय डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण सम्बन्धी जिल्ला स्तरीय सचेतना गोष्ठीमा औद्योगिक सर्वेक्षण सुरु भएको जनाकारी डडेल्धुराका प्रमुख तथ्यांक अधिकृत चन्द्रबहादुर पालले दिनुभयो ।
फागुनको दोस्रो साताबाट ‘राष्ट्रिय औद्योगिक सर्वेक्षण सुरु भएको हो । सचेतना कार्यक्रममा तथ्यांक कार्यालय, डडेल्धुराका प्रमुख तथ्यांक अधिकृत चन्द्रबहादुर पालले राष्ट्रिय औद्योगिक सर्वेक्षणको ऐतिहासिक पृष्ठभूमी, औद्योगिक सर्वेक्षणका मूख्य उद्देश्य, सर्वेक्षण विशिष्ट उद्देश्य लगायतका विषयमा प्रकाश पारेका थिए । सर्वेक्षण प्रत्येक दश वर्षको अन्तरालमा हुँदै आएकोमा यसपटकको सर्वेक्षण विगतभन्दा पृथक एवं विशेष हुने प्रमुख तथ्यांक अधिकृत पालले बताउनुभयो ।
डडेल्धुरामा ६५ वटा र बझाङमा ८५ गरी १५० वटा सर्वेक्षणमा परेका उद्योग प्रतिष्ठानहरू रहेका छन । ‘देशभर आव २०७५र७६ मा संचालनमा रहेका साना तथा ठूला सवै उद्योग प्रतिष्ठानहरूको तथ्यांक संकलन, प्रशोधन, विश्लेषण, व्यवस्थापन, प्रकाशन तथा वितरण गर्ने र अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान मापन गर्नुका साथै नीति निर्माता, योजनाविद्, उद्योगपति, अनुसन्धानकर्ता तथा अन्य प्रयोगकर्ताहरूलाई आवश्यक पर्ने तथ्यांक उपलब्ध गराउनु सर्वेक्षणको मूख्य उद्देश्य हो उनले भने ‘यस सर्वेक्षणलाई पहिलो एकीकृत र बृहत राष्ट्रिय औद्योगिक सर्वेक्षणको रुपमा लिइएको छ ।’ सर्वेक्षण कार्यका लागि साढे दुई महिना लाग्ने छ भने तथ्यांक प्रशोधन गरि ६ महिनाभित्र नतिजा सार्वजनिक गरिने बताईएको छ ।
