Amargadhi Post

बैतडीका १६ स्थानमा ‘हेल्थ डेस्क’

अमरगढी रैबार सम्बाददाता
बैतडी,चैत्र,११ गते । कोरोनाको सम्भावित संक्रमण फैलिन नदिन बैतडीका स्थानीय तहहरुले धमाधम हेल्थ डेस्क स्थापना गरेका छन्। विभिन्न स्थानीय तहमा गरी १६ स्थानमा हेल्थ डेस्क स्थापना गरिएका छन्।

दशरथचन्द नगरपालिकाले सीमा नाका झुलाघाटमा गत फागुन १० देखि हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ। डिलाशैनी गाउँपालिकाले दुई ठाउँमा हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ।

डिलाशैनीको गोकुलेश्वर र गन्नामा हेल्थ डेस्क स्थापना गरिएको स्वास्थ्य शाखा प्रमुख नवराज जोशीले जानकारी दिए। यस्तै, दोगडाकेदार गाउँपालिकाले पनि सिल्लेगडा र बिट्कममा हेल्थ डेस्क स्थापना गरेको छ। सुर्नया गाउँपालिकाले सतबाँझ, मोतीनगर र ढोल्यामोडमा हेल्थ डेस्क स्थापना गरेको छ।

यस्तै, पुर्चौंडी नगरपालिकाले ढोल्यामोड, हाट बसपार्क, साँफेबजार, कुवाकोट र तल्लादेहीमा गरी पाँच ठाउँमा हेल्थ डेस्क स्थापना गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए।

पाटन नगरपालिकाले पनि पाटन, खोड्पे र अनारखोलीमा हेल्थ डेस्क स्थापना गरेको छन्। अन्य स्थानीय तहहरुले पनि हेल्थ डेस्क स्थापना गर्ने कार्यलाई निरन्तरता दिएका छन्। हेल्थ डेस्क स्थापना गरे पनि जाँच गर्ने उपकरणको भने अभाव रहेको छ।

समान्य थर्मोमिटरले जाँच गर्नुपर्ने अवस्था रहेको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए। डेस्कमा बस्ने स्वास्थ्यकर्मीहरुसँग सुरक्षित पोशाक नभएको बताएका छन्।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।