Amargadhi Post

बलिउडका पाँच अभिनेत्रीले गरे आर्थिक सहयोग

0 246

अमरगढी रैबार सम्बाददाता
मुम्बई,चैत्र,१९ गते। भारतीय अभिनेताले मात्र कोरोनाविरुद्ध सहयोगका लागि स्थापित प्रधानमन्त्री राहत कोष र मुख्यमन्त्री राहत कोषमा यसअघि सहयोग गरेका थिए । तर, यतिबेला भारतीय अभिनेत्रीहरूले पनि धमाधम सो कोषमा आर्थिक सहयोग गरेका छन् ।

आर्थिक सहयोगमा सुरुमा अभिनेत्री प्रियंका चोपडा देखिइन् । उनले ट्वीट गर्दै आफूले प्रधानमन्त्री राहत कोषमा कोरोना भाइरसविरुद्ध आर्थिक सहयोग प्रदान गरेको बताइन् । तर, आफूले कति रकम प्रदान गरेको भन्ने उनले खुलाइनन् । सरकारलाई परेको बेला सबैले सहयोग गर्नुपर्छ भन्दै उनले आर्थिक सहयोगका लागि अरूलाई अपिल गरेकी छन् ।

अभिनेत्री प्रियंकाले सहयोग गरेलगत्तै अर्की अभिनेत्री कैटरिना कैफ पनि सहयोगमा उत्रिइन् । उनले प्रधानमन्त्री कोष र मुख्यमन्त्री राहत कोषमा आर्थिक सहयोग प्रदान गरेकी हुन् । यी अभिनेत्रीले यस्तो अवस्थामा सरकारलाई सहयोग गर्नु सबैको कर्तव्य भएको भन्दै प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न अपिल गरिन् ।

अभिनेत्री प्रियंका र कैटरिनाको अपिलपछि बाँकी अभिनेत्रीहरू पनि सहयोगमा उत्रिएका छन् । अभिनेत्री सारा अली खानले पनि खुलेर आर्थिक सहयोग गरेकी छन् । उनले पनि ट्वीटमार्फत आफूले प्रधानमन्त्री राहत कोष र मुख्यमन्त्री राहत कोषमा आर्थिक सहयोग गरेको उल्लेख गरेकी छन् । यी नायिकाले पनि आफूले दिएको रकमबारे खुलाएकी छैनन् । उनले ट्वीटमार्फत यस्तो अवस्थामा सबैलाई सुरक्षित रहन आग्रह गरेकी पनि गरिन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका अनुरोधलाई ग्रहण गर्दै लडडाउनमा घरमै बसेर आफूलाई कोरोना भाइरसबाट जोगाउन अभिनेत्री सहाराले आग्रह गरेकी छन् ।

यसैक्रममा अभिनेत्री आलिया भट्टले पनि प्रधानमन्त्री राहत कोष र महाराष्ट्र मुख्यमन्त्री राहत कोषमा आर्थिक सहयोग गरेकी छन् । उनले ट्वीट गर्दै आफूले पनि कोरोनाविरुद्धका सहकार्यमा साथ दिएको बताएकी छन् । तर, कति रकम आफूले सो कोषमा प्रदान गरेको भन्ने कुरा यी अभिनेत्रीले जानकारी गराएकी छैनन् ।

अर्की अभिनेत्री अनुष्का शर्माले पनि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरेकी छन् । आफ्ना श्रीमान् तथा भारतीय क्रिकेट खेलाडी विराट कोहलीसँग मिलेर अभिनेत्री अनुष्काले आर्थिक सहयोग प्रदान गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।

यसअघि अभिनेता अक्षय कुमारले प्रधानमन्त्री राहत कोषमा २५ करोड भारतीय रुपैयाँ प्रदान गरे । कलाकारबाट यो अहिलेसम्मकै ठूूलो सहयोग हो । अर्का अभिनेता रणदीप हुड्डाले सोही कोषमा १ करोड भारतीय रुपैयाँ सहयोग प्रदान गरिसकेका छन् ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।