मानबहादुर साँउद

डडेल्धुरा
संघियता कार्यान्वयन संगै गाँउबस्तीहरुमा कतै सिमानाका बिबाद त कतै खानेपानी र बन जंगलका सिमा बिबाद पछिल्लो समय दिन प्रतिदिन चुलिदै गईरहेका छन । बिगतमा यस्ता बिबाद फ्याट फुट्ट देखिन्थे तर आज भोली जहितही यस्तै बिबादले समाज बिग्रहको दिशा उन्मुख त भईरहेको छैन भन्ने आभास हुन थालेको छ ।
जिल्लाका यस्ता धेरै बिबाद मध्ये हालै प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नामक संस्थाले सहजीकरण गर्न बनाएको माकुरा समुहले चुलिएको बिबादको समाधान गर्न सफल भएपछि स्थानीयबासी मात्रै होईनन स्थानीय जनप्रतिनिधीहरु नै चकित बनेका छन । हेर्दा सामान्य जस्तो लाग्ने तर अन्र्तबस्तु बुझ्दै जाँदा बिबादले निकै जडा गाडीसकेको रहेछ । कुरो अमरगढी नगरपालिका वडा नं. १० र ११ को खानेपानी मुहान बिबाद हो ।

जब मुलुक संघियतामा ग¥यो तब गाँउबस्तीहरु पनि उकुस मुकुस भएका छन । गाँउबस्तीहरुबाट निर्माण भएका वडापालिकाहरुमा जनताको मतदानबाट अढाई बर्ष अघि जनप्रतिनिधीहरु निर्बाचित भए तब सिहदरबारको अधिकार गाँउ सम्म भन्ने नारा लिन थाले । संघियता कार्यान्वय हुनुभन्दा अघि मिलीरहेको समाज पछिल्ला दिनहरुमा हरेक बिषयमा बिकास निर्माण बजेट र आफ्ना अधिकारहरुको सुनिश्चितता के कसरी गर्न सकिन्छ भन्ने मनसाय सबै ठाँउमा पलाएको देख्न सकिन्छ । त्यसकै स्वरुप यँहापनि देखा परेको हो भन्न सकिन्छ । सहर्षलिङग खानेपानी योजनाको स्किम नं.८ को बदेसिम जनिक हलुडेझाड मुहान दुबै वडाको संयुक्त सिमा बनका रुपमा राष्ट्रिय बनका रुपमा पहिलेको राष्ट्रिय बन र अहिलेको चिउरीपोड बदेसिम सा.व.( अ.न.पा.१० राई समुदाय) को क्षेत्रमा रहेको छ । खानेपानीको अभाब हुनु र खानेपानीको मुहान आफ्नो बन क्षेत्रमा परेको दाबी गर्नु यसको मुल कारण हो ।
कसरी उत्पन्न भयो बिबाद ः दुबै वडाका दजनौं गाँउबस्तीहरु त्यो मुहानबाट खानेपानी पिउने गर्दथे । दुईवटै वडाको खानेपानीको मुहानको नाम हो सहर्षलिङग खानेपानी योजना र त्यो बषौं देखि दुबै वडाका बासिन्दाहरुले पानीको अभाबका बिच जेनतेन रुपमा परिपुर्ति गर्दे आएका थिए । दुईटै वडामा संचालित रहेको उक्त खानेपानी योजनामा मर्मतका लागी सुदुरपश्चिम प्रदेश सरकार र स्थानीय अमरगढी सरकारबाट बजेट बिनियोजित भयो र त्यसको कार्यान्वयनको प्रक्रिया सुरु हुदाँ बिबाद उत्पन्न भयो । वडा नंं ११ का लागी १ करोड ४० लाख रुपैया र वडा नं. १० का लागी ८० लाख रुपैया बजेट छुट्टियो । वडा नं. ११ लिटिरीगाँउ,रुपाली गाँउ, ढाटगाँउ र बडरागाँउराईले आफ्नो पुरानो मुहान भन्दा ३०÷३५ मिटर अगाढी नयाँ मुहान निर्माणको प्रक्रिया अगाढी बढ्यो । र त्यसको नाम हलुडेझाड)“मुहान” राखियो । उक्त मुहान सम्बन्धी दाबी बिरोधका लागी सार्बजनिक सुचना जारी ग¥यो त्यसपछि वडा नं.१० राईले बिरोध जनायो र सहमती जुट्न सेकन र काम रोकियो ।

बिबादले चरम रुपलिन थालेपछि दुईटै गाँउका भद्रभलादमी,बुद्धिजीबीहरुको बृहत भेला बस्यो तर दुईटै उपभोक्ता समितिले आ—आफ्नो अडानबाट टसमस हुन चाहेनन । वडा नं. १० ले खानेपानीको मुहान आफ्नो वडामा पर्ने र खाईपाई आएका कारण वडा नं. ११ लाई दिन खोजेका हौं तर दिनेको रोजाई नभई लिनेको रोजाई बन्न पुगेको भन्दै उनीहरुले आपत्ती जनाए । तर वडा नं. ११ ले आफुहरुको ठुलो बस्ती र त्यसमै बढी जनसंख्या रहेका कारण मुहान माथी बनाउनुपर्ने र आफ्ना बुबा बाजे र पुर्खाहरुले त्यही मुहानबाट खाईपाई आएकाले कुनै हालतमा पनि नछोड्ने दाबी गर्देआएपछि खानेपानीको बिबाद अन्तत ः वडा कार्यालयको हारजितमा परिणत हुन पुग्यो ।
पानी मुहान बिबादले वडाबस्तीको बोलचाल बन्द
स्थानीय तहको निर्बाचनमा दुईवटै वडा तत्कालिन नेकपा एमाले हाल (नेकपा)ले बिजयी गरेको वडा पालिका हो । वडा नं. ११ का वडा अध्यक्ष सुर्यप्रकाश खड्का सहितको टिम बिजयी भएको हो भने वडा नं.१० मा वडा अध्यक्ष बिष्णु भट्ट सहितको टिम बिजयी भएको हो । एउटै राजनिति बिचारधाराबाट गाईडेट दुबै अध्यक्षहरु समुदायको प्रेसरमा कित्ताकाट मात्रै भएनन बोलचाल समेत बन्द भयो । बिबाद बढ्दै गएपछि अन्तत ः दुईटै पक्षका बिच गाली गलौज र झै झगडा हुन थाल्यो र हुदाँ हुँदा पाईप समेत काट्दै एक अर्का बिरुद्ध मुद्धा हाल्ने क्रम बढ्यो ।
वडा नं. १० का बासिन्दाहरुले खानेपानीको पाईप काटेको भन्दै वडा नं. ११ बिरुद्ध जिल्ला प्रशासन कार्यालयमा कानुनी कारबाहीका लागी मुद्धा दर्ता गरे भने वडा नं. ११ का बासिन्दाहरुले १० का बिरुद्ध पाईप काटेको भन्दै अमरगढी नगरपालिका न्यायिक समितिमा कानुनी कारबाहीका लागी मुद्धा दर्ता गराउनुभयो ।
दुइटै पक्ष मुद्धामा अघि बढी सकेपछि वडा अध्यक्षहरु पनि आ—आफ्नो स्थानीयको बचाउमा उत्रिन थाले । एउटा खानेपानीको मुहान बिबादले वडा कार्यालय समेत दिन प्रति दिन प्रभाबित हुन थाल्यो र गाँउबस्तीको बोलचाल र उठबसमा समेत नराम्रो संग प्रभाब पर्न थाल्यो ।
दुईटै पक्षहरु कानुनी फैसलालाई आत्मसाथ गर्ने तर सहमतिमा आफुहरु नझुक्ने खालको मनोबिज्ञान बनाईसकेका थिए । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले स्थानिय सरकारको क्षेत्राधिकार भएका कारण उक्त मुद्धालाई स्थानिय न्यायिक समितिमा पठाईदियो र न्यायिक समितिले पटक पटक उनीहरुका बिचमा सहमतीका लागी थुप्रै प्रयास ग¥यो तर सफल हुन सकेन ।
अमरगढी सरकारको न्यायिक फैसला बिरुद्ध अदालतमा मुद्धा दायर
अमरगढी नगरपालिकाले दुईटै पक्षका बिचमा उत्पन्न भएको बिबादको स्थलगत अनुगमन मात्रै गरेन झण्डै १७ पटक दुईटै पक्षहरुसंग छलफल गरेको तंथ्याक छ । तर दुबै पक्षहरु आ—आफ्नो अडानबाट पछि नहट्ने र सहमतीका लागी पनि तयार हुन नखोजेपछि फैसला गर्न बाध्य भएको न्यायिक समितिका सदश्य भक्तबहादुर साहु बताउछन । फैसला लगत्तै अमरगढी न्यायिक समितिले गरेको फैसला बिरुद्ध वडा नं. ११का बासिन्दाहरुले जिल्ला अदालतमा मुद्धा दर्ता गरे ।
न्यायिक समितिको यस्तो थियो फैसला ः अमरगढी न्यायिक समितिको संयोजक उपप्रमुख सगिता भण्डारी हुनुहुन्थ्यो । उहाँले दुईटै वडाको साँझा बिद्यालय सहर्षलिङ मा.बि.राई र स्वास्थ्य चौकीलाई २० एमएम पानी दिनुपर्ने भन्दै फैसला गरेपछि वडा नं. ११ का बासिन्दाहरुले जिल्ला अदालतमा मुद्धा दर्ता गराए ।
आफुहरुलाई यो फैसला मान्य नहुने भन्दै उनीहरुले जिल्ला अदालतमा मुद्धा दायर भएपछि जिल्ला अदालतले डडेल्धुराले पनि यो मुद्धालाई मेलमिलाप केन्द्रले हेर्ने गरि अघि बढ्यो । मेलमिलाप केन्द्रका प्रमुख अधिबक्ता रोहित देउवाले दुइटै पक्षलाई बोलाएर चार पटक अदालतमै छलफल गर्दा निष्कर्ष ननिस्कने भएपछि पुन ः जिल्ला अदालतमै फर्कियो । जिल्ला अदालतले न्यायिक समितिले गरेको फैसला माथी पुर्नःबिचारका लागी न्यायिक समितिलाइ मुद्धा फर्काईदिएपछि यो बिबाद झनै इंगोमा परिणत भयो ।
अदालतले न्यायिक समितिले गरेको फैसलामा २० एमएम पानी प्रक्रियागत नभएको भन्दै पुन ः छलफल गर्ने भनि न्यायिक समितिमा मुद्धा फर्काई दिएपछि दुबैपक्षहरुले अदालतको फैसलालाई मान्ने हुन सक्ने तर न्यायिक समितिको फैसला मान्य नहुन त्यसका बिरुद्ध पुनराबेदन हुदै सर्बाेच्च अदालत सम्म जाने उनीहरुको मानसिकता बनीसकेको थियो ।
अदालत….न्यायिक समितिले मिलाउन नसकेको मुद्धा माकुरा समुहले मिलाई दियो

जिल्ला अदालत र अमरगढी न्यायिक समितिको पेरिफेरीमा घुम्दै गरिरहेको थियो । त्यो मुद्धाको किनारा लगाउन नसकेपछि वडाबस्ती तहस नहस तर्फ उन्मुख भईरहेको थियो । बिबादको समाधान हुन नसक्दा खानेपानी योजना मर्मका लागी आएको झण्डै २ करोड २० लाख रुपैया फ्रिज जानसक्ने एकखाले समस्या थियो भने अर्काे ठुलो समस्या उनीहरुका बिच कुनै बेलापनि ठुलो दुर्घटना हुन सक्ने खतरा बढ्दै गईरहेको थियो । डडेल्धुरा जिल्लामा यस्ता प्राकृतिक श्रोत बिबादका थुप्रै मुद्धाहरुहरु सहजीकरण गर्दे मिलापत्र गराएका थियौं तर यो बिबाद पनि समाधान गरेरै छाड्छौं भन्ने प्रतिज्ञा गरेर अघि बढेको संस्थाका राष्ट्रिय श्रोत ब्यक्ति तेजबहादुर महर बताउछन । हामीले सोचेको भन्दा र समाजले कल्पना गरेको भन्दा यो बिबाद निकै पृथक बनीसकेको थियो ।
हेर्दा सामान्य लाग्ने तर उनीहरुका बिच यो बिबाद ब्यक्तिगत मात्रै नभई सिङगो वडाबस्तीकै इगोका रुपमा अघि बढीसकेको थियो । तर न्यायिक समितिले सिफारिस गरेलगत्तै आफुहरुले बिबादित बस्तीमा गएर बिबाद समाधानका लागी अबलम्बन गर्ने प्रक्रिया र निति अनुरुप दुईटै समुदायमा माकुरा समुह गठन गर्न सफल भयौं महर भन्छन । दुईटै पक्षका बिच वडा नं. १० को तर्फबाट ५ जना र वडा नं.११ को तर्फबाट ७ सदश्य गरी १२ सदस्यीय माकुरा समुह गठन गरि माकुरा समुह संयोजक कृष्णराज भट्टको संयोजकत्वमा बिबाद समाधानका लागी बिभिन्न चरणहरुमा पटक पटकको व्यक्तिगत भेटघाट सहित सामुहिक छलफल गर्दै ३७ औं बैठक तथा छलफल अन्र्तक्रियाबाट सहमतीको ८ बुद्धे साँझा दस्ताबेज तयार गरि एक औपचारिक कार्यक्रमका बिच बिबादले समाधान लिदै दुईटै पक्ष हासी खुसी राजि भएको भन्दै औपचिरक कार्यक्रमका बिच बिबाद टुङिगएको थियो ।
यस्तो छ आठ बुद्धे सहमतीपत्र र यसरी भयो सार्बजनिक
मिती २०७६ चैत्र ०५ गते अर्थात ( १८ मार्च २०२०) गतेका दिन यस अमरगढी न.पा. वार्ड नं. १० र ११ स्थित स्थित बदेसि(हलुडेझाड) क्षेत्रमा पर्ने सहस्त्रलिं पुनः निर्माण खानेपानी योजनाको“मुहान”सम्वन्धी विवादमा अमरगढी न.पा. वडा नं.१० स्थित राईगाउँ(सहस्त्रलिंगमा.बि.राई र सहस्त्रलिंग स्वाथ्यचौकी राई) र वडा नं.११ स्थित लिटिरीगाउँ, रुपालीगाउँ,पालीगाउँ,ढाँटगाउँ र बरडागाउँ समुदाय द्वन्दरत पक्षहरु रहेको विचको विवादमा अमरगढी नगरपालिका न्यायिक समितिको सिफारिसमा मिति २०७६ भाद्र १३ गते (३० अगष्ट २०१९) गते देखी प्राकृतिक श्रोत द्वन्द रुपन्तरण केन्द्र, नेपालको द्वन्द रुपान्तरण प्रक्रिया द्वारा सरोकारवालाहरु र उक्त विवादमा संलग्न पक्षहरु संग व्यक्तिगत भेटघाट र सामुहिक छलफल गरी द्वन्दको दिगो रुपान्तरणका लागि साझा विकल्पहरुमा छलफल तथा पारीतका लागि यस अमरगढी नगरपालिका वडा नं. ११ को गंगेरी मन्दि नजिक चौरमा माकुरा समुहका सदस्य एवं समाजसेवी श्री दान वहादुर रुपाली ज्युको अध्यक्षतामा, अमरगढी न.पा.वडा नं.११ का वडा अध्यक्ष अध्यक्ष श्री सुर्यप्रकास खड्का ज्युको प्रमुख आतिथ्यतामा, अमरगढी न.पा.वडा नं.१० का वडा अध्यक्ष श्री बिष्णुराज भट्ट ज्युको आतिथ्यताका साथै अतिथीहरु, सरोकारवाला निकाय र द्वन्दरत पक्षहरुको (आम उभोक्ताहरुको) उपस्थितीमा र सरोकावालाहरुको रोहोवरमा सहमतिका लागि संयुक्त वैठक वसी तपसिलको वुँदामा छलफल गरि तपसिलका साझा विकल्पहरु पारित गरि सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।
तपसिलः
१.यस अमरगढी न.पा.१० र ११ सहस्त्रलिंग पुनः निर्माण खानेपानी योजनाको विवादित बदेसिम(हलुडेझाड)“मुहान” सम्बन्धि विवादमा सरोकारवालाहरु र पक्षहरुका प्रतिनिधिहरुको स्थलगत अनुगमन तथा अवलोकन र मिति २०७६ फागुन १४ गतेको प्राबिधिक टोली द्वारा पानीको मात्रा मापनको आधारमा प्रतिसेकेण्ड ०.१४ लि. वा २४ घण्टामा १,२००० लि. पानी जम्मा(संकलन) हुने देखिएकोले पक्षहरुलाई पानी बाँडफाँड गर्दा यस अमरगढी न.पा.१० स्थित सहस्त्रलिंग मा.बि.राई र सहस्त्रलिंग स्वाथ्यचौकी राईमा खानेपानीको ज्यादै नै समस्या भएकाले उक्त पानीको मात्राबाट ४००० लि.(३३.३३ प्रतिशत) र अमरगढी नगरपालिका वडा नं.११स्थित लिटिरीगाउँ,रुपालीगाउँ,पालीगाउँ,ढाँटगाउँ र बरडागाउँ समुदायमा धरै नै जनसंख्या भएकाले ८,००० लि.( ६६.६६ प्रतिशत) खानेपानी बाँडफाँड गरी उपभोग गर्नु पर्ने ।
२.यस अमरगढी न.पा.१० र ११ का संचालित दुबै ( सहस्त्रलिंग खानेपानी योजना स्कि नं.८ र ९) मुहानहरु पुरानो भई मर्मत सम्भार गर्नु पर्ने भएकाले मुहान संरक्षणका लागि दुबै समुदाय( राईगाउँ र लिटिरीगाउँ,रुपालीगाउँ,पालीगाउँ,ढाँटगाउँ र बरडागाउँ समुदाय¬) ले एक आपसमा मिली बृक्षारोपण,घेरबारका साथै मर्मत सम्भारका लागि सम्बन्धित निकायहरुमा बजेट मागका लागि पहल गर्नु पर्ने ।
३.विवादित बदेसिम “मुहान” दर्ताका लागि चिउरीपोड बदेसिम सा.व.( अ.न.पा.१० (राई समुदाय) ले अ.न.पा.११ (लिटिरीगाउँ,रुपालीगाउँ,पालीगाउँ,ढाँटगाउँ र बरडागाउँ समुदाय¬) लाई सहमति दिनु पर्ने ।
४.सहमति कार्यान्वयनका लागि दबै वडा कार्यालय ( वडा नं.१० र ११ ),अमरगढी न.पा.न्यायिक समिति,प्रदेश सरकार लगायत बिभिन्न सरोकारवालाहरु संग सहस्त्रलिंङ्ग पुनः निर्माण खानेपानी योजनाको निर्माण तथा संचालनका लागि दुबै पक्षहरु (राईगाउँ र लिटिरीगाउँ,रुपालीगाउँ,पालीगाउँ,ढाँटगाउँ र बरडागाउँ समुदाय¬) ले एक अर्कामा सल्लाह र सहयोग सहित पहल गर्नु पर्ने ।
५.पुरानो मनमुटाव र ईष्र्यालाई त्यागी एक आपसमा भाईचाराको सम्बन्ध स्थापित गरी आगामी दिनमा सम्पर्क समन्वय सहित सल्लाह र सहयोग गरी अगाडी बढने ।
६.सहमति पश्चात अमरगढी न.पा.१० र ११ को कार्यालय, अमरगढी न.पा.न्यायिक समिति,जिल्ला समन्वय समिति,खानेपानी तथा सरसफाई डिभिजन कार्यालय,सहस्त्रलिंङ्ग मा.वि.राई,सहस्त्रलिंङ्ग स्वास्थ्य चौकी राई,प्राकतिक श्रोत द्वन्दरुपान्तरण केन्द्र,नेपाल र अमरगढी न.पा.१० र ११ समुदाय पक्षलाई सहमति पत्रको एक एक प्रति उपलब्ध गराउने ।
७.सहमति कार्यान्वयनका लागि आगामी आ.व.२०७६÷०७८ को योजनामा पर्ने गरी दुबै पक्षले मिली पहल गर्नु पर्ने ।
८.सहमति भएका बुँदाहरु कार्यान्वयन तथा अनुगमनका लागि माकुरा समुह सदस्यको संयोजकत्वमा सरोकारवालाहरु,माकुरा समुह सदस्य र पक्षहरुको प्रतिनिधित्वमा तपसिलको सहमति कार्यान्वयन तथा अनुगमन समिति गठन गरीएको छ ।
तपसिल,
कार्यान्वयन समिति
१.श्री दान वहादुर रुपाली — माकुरा समुह सदस्य
२.श्री प्रेम वहादुर बिष्ट—सदस्य, वडा नं १०
३.श्री राज वहादुर बोहरा—सदस्य, वडा नं.११
४.श्री गोविन्दराज भट्ट—अध्यक्ष,सहस्त्रलिंङ्ग खा.पा.यो.स्किम नं.९
५.दुर्लभ सिंह खड्का—अध्यक्ष,सहस्त्रलिंङ्ग खा.पा.यो.स्किम नं.८
अनुगमन समिति
१.श्री सुर्यप्रकास खड्का—अध्यक्ष,अ.न.पा.वडा नं.११
२.श्री मनु देवी भट्ट—माकुरा समुह सदस्य(वडा नं.१०)
३.श्री राज वहादुर टमटा—माकुरा समुह सदस्य(वडा नं.११)
जिल्ला अनुगमन समितिको उपस्थितीमा मिलापत्र ( सहमति पत्र ) यसरी भयो सार्बजनिक
प्राकृतिक श्रोत द्वन्दरुपान्तरण केन्द्र,नेपालको जिल्ला सल्लाहकार समितिका संयोजक एबम जिल्ला समन्वय समितिका प्रमुख गणेशराज भट्टको प्रमुख आथित्यता र माकुरा समुहका संयोजक एबम वडा नं.१० का समाजसेबी कृष्णराज भट्ट को सभापतित्वमा औपचारिक कार्यक्रमका बिच लामो समय देखिको बिबादको समाधान भएपछि दुईटै पक्षबाट जारी गरेको सहमति पत्र लाई सार्बजनिक गरिएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख गणेशराज भट्टले पानीको मुहान बिबादबाट उत्पन्न भएको समस्यालाई समधान गर्नुभएकोमा संस्थाका प्रतिनिधीहरु,माकुरा समुहका प्रतिनिधीहरु र समस्थ सम्पुर्णवडाबासीलाई बद्याई तथा धन्यबाद ब्यक्त गर्दे बिबादको समाधान खोज्दै नमुना प्रर्दशन गर्नुभएको सबैले पाठ सिक्नुपर्नेमा जोड दिनुभयो । जिल्ला न्यायिक समिति र जिल्ला अदालतले फैसला गर्न नसकेको मुद्धा र बिबादलाई सहज रुपमा समाधान खोजेर दिर्घकालिन शान्ति र न्याय स्थापित गर्नुभएको भन्दै यस्तो समाधान टिकाउ हुनेमा बिश्वास ब्यक्त गर्नुभयो ।

सबै जिल्ला समन्वय समितिका पदाधिकारीहरुको सल्लाह,सुझाव र प्रतिक्रिया सुन्दा एक दमै सकारात्मक भएको र मैले भन्नु पर्दा संस्थाले बिगत देखि राम्रो र प्रभावकारी कार्य गर्दै आएको साथै खानेपानी जस्तो मानिसहरुको जिवन संग जोडिएको र कानुनी प्रक्रियामा समेत गई सकेको जटिल विवादमा सहमति गराई समुदायमा शान्ति कायम गर्नुका साथै अवरुद्घ बिकास निर्माणको कार्यलाई निरन्तरता दिने अवशर जुटाई दिने कार्य एक दमै नमुना योग्य कार्य गरेकोमा जिल्ला समन्वय समिति एवं जिल्ला सम्वाद तथा सल्लाहकार समितिको तर्फबाट हार्दिक धन्यावाद दिन चाहान्छु ।

अर्को महत्व पूर्ण कुरा जिल्लामा धरै विवादहरु पनि अझै रहेकाले स्थानियतहरुमा न्यायिक समिति छ जसको मुख्य जिम्मेवारी विवादको सामाधान(निरोपर्ण गर्ने रहेको तर उनीहरुमा दक्ष जनशक्तिको अभाव र कार्य व्यस्थता पनि ज्यादै रहेको अवस्था रहेकोले यस कार्यक्रमले उनीहरुको पनि कार्यबोेझ कम गरेको र कार्य सम्पादन समेत टेवा पुर्याएकोले सबै सरोकारवालाहरुले यस कार्यक्रमको बिकास बिस्तारमा सहयोग गरी कार्यक्रमबाट सहयोग प्राप्त गरी विवादको न्यायनिरोपण तथा मेलमिलाप कार्य गर्नु पर्ने सुझाव दिन चाहान्छु । त्यसकारण आगामी दिनमा कार्यक्रमको बिकास तथा बिस्तारका लागि सबैले लाग्नु पर्ने र मेरो व्यक्तिगत तथा जिल्ला समन्वय समितिको तर्फबाट सहयोग तथा सल्लाह रहने प्रतिवद्घता रहेको कुरा व्यक्त गर्न चाहान्छु ।

कार्यक्रममा वडा नं ११ का वडा अध्यक्ष सुर्यप्रकाश खड्काले बिबाद समाधान गर्न सहजीकरण गर्नुभएकोमा संस्था प्रति कृतज्ञता ब्यक्त गर्नुभयो । उहाँले यो बिबादका कारण दुबै गाँउबस्तीमा बाह्मण र जिजिमानी,जन्ती,मलामी लगायतका सेवाभाब समेत प्रभाबित भए अध्यक्ष खड्काले भन्नुभयो— न्यायिक समिति र अदालतको फैसला बिरुद्ध समेत माथी सम्म जाने भन्ने दुबैतर्फ तयारी थियो तर यो सस्थाले हामीहरुका मनमष्तिक माझ्दै सहमतीको बिन्दुमा ल्याई पु¥याईयो यो नै हाम्रालागी खुसीको कुरा हो ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष मानबहादुर साँउदले न्यायलयले गरेको फैसला भन्दा पनि सहमती,सहकार्य र समझदारीमा भएका फैसलाहरु दिगो र भरपर्दाे हुनेभएकाले संस्था प्रति आभार ब्यक्त गरे । मुलुक सघियतामा गईरहेका बेला प्राकृतिक श्रोत सम्बन्धीका बिबादहरु बढ्न थालेको भन्दै अध्यक्ष साँउदले यस्ता संस्थाहरुको आबश्यकता अझ बढेर जानेमा जोड दिनुभयो ।

यसै गरी वडा नं. १० का वडा अध्यक्ष बिष्णु भट्टले दुबै पक्षलाई चित्तबुझ्ने गरि भएको समझदारी सम्झौतापत्र अक्षरसह पालना हुनेमा बिश्वस्त रहेका बताए । उहाँले न्यायलको फैसलामा एकातिर ढिलाई र अर्काेतर्फ दुबैपक्षका बिच चित्त बुझ्ने गरि फैसला नहुने भएका कारण पटह पटक मुद्धा दोहरीने तेहरीने भएकाले यो बिधी उत्कृष्ट बिधी रहेकोमा जोड दिए । अदालतले पनि करिब ६ महिना सम्म छलफलका लागि पटक पटक तारीखमा हाजिर गराई छलफल गरेको थियो र फैसला नगरी पुन ःमेलमिलापका लागि स्थानिय न्यायिक समिति नै पठाए पश्चात यस प्राकृति श्रोत द्वन्दरुपान्तरण केन्द्र,नेपालले प्रक्रियामा काम गरी पटक पटकको छलफल तथा सम्वाद मार्फत विवादमा मेलमिलाप(सहमति) भयो र दाजुभाईहरुमा पनि राम्रो भावना र सम्बन्ध स्थापित भएको छ । कार्यक्रममा दुईटै पक्षका सहभागीहरुले वडाबस्तीबिच भएको बिबाद मनमष्तिक मिलेर समझदारी एवं सहमति भएका कारण अब यस्तो समस्या नआउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।


लेखक नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष एबम अमरगढी पोष्ट दैनिकका सम्पादक हुन ।
