अमरगढी रैबार सम्बाददाता
डडेलधुरा,बैसाख,२९ गते । सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्लाको एकमात्रै ठुलो अस्पताल डडेल्धुराले अस्पताल बिकास समितिको नया अध्यक्ष पाएको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयको मन्त्रीपरिषद स्तरीय निर्णयबाट समाजिक अभियान्ता करुणाकर ओझा सतिह तिनजना सदश्य नियुक्त गरेको छ ।
अध्यक्ष ओझाद्वारा पदभार ग्रहण
डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका करूणाकर ओझाले पदभार ग्रहण गरेका छन्। आइतबार अध्यक्ष ओझाले पदभार ग्रहण गरेका हुन्।

ओझासहित अन्य ३ सदस्यलाई विकास समितिमा नियुक्त गरिएको पत्र अस्पतालमा पुगेपछि आइतबार अस्पतालले स्वागत कार्यक्रमको आयोजना समेत गरेको थियो। अस्पताल विकास समितिको सदस्यहरूमा जनक मल्ल, किशोरी धामी र छत्र जोशी रहेका छन्।
स्वागत कार्यक्रममा अध्यक्ष ओझाले सम्पूर्ण पक्षसंग समन्वय तथा छलफल गरेर अस्पताल विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अस्पतालमा दरबन्दी अनुसार चिकित्सकहरू ल्याउनमा आफूले पहल गर्ने उनको भनाइ थियो।
पदभार ग्रहण तथा स्वागत कार्यक्रममा पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष मानबहादुर साउदले सुदुरपश्चिमको आशा र बिश्वास लाग्दो एकमात्रै अस्पताल भएका कारण यसलाई ब्यस्थित बनाउन आग्रह गर्नुभयो ।
अस्पताल बिकास समितिले सबैसंग सहकार्य गरि यस अस्पताललाई सुबिधा सम्पन्न बनाउन र अस्पताल भित्रको बिकृती बिसंगती हटाउदै अस्पताललाई स्वास्थ्य सेवाको भरपर्दाे अस्पतालका रुपमा अघि बढाउन बिकास समितिको काधमा जिम्मेवारी आएको अध्यक्ष साउदले बताउनुभयो ।
