लक्ष्मी ऐर
डडेल्धुरा,जेठ,९ गते । डडेल्धुराका दुई स्थानमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । भारतसँग सीमा जोडिएका परशुराम नगरपालिकाको परिगाउँ र शीर्षमा बिओपी स्थापना गरिएको हो ।
बिहीबार सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले जिल्लाका दुई स्थानमा स्थापना गरिएका बिओपीको उद्घघाटन गरेका हुन । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार सशस्त्र प्रहरी बल नेपालको म्यान्डेटमा आधारित रहेर सीमा सुरक्षा, सीमा अपराध, चोरी तस्करी रोकथाम नियन्त्रणका लागि बिओपी स्थापना गरिएको डडेल्धुराका सशस्त्र प्रहरी नायब उपरीक्षक भुवनराज पन्तले जानकारी दिएका छन ।
‘डडेल्धुरामा पाँच ठाउँमा बिओपी स्थापना हुन्छन उनले भने,‘त्यसमध्ये आज परशुरामका दुई ठाउँमा स्थापना गरिका छौं । प्रहरी नायब उपरीक्षक पन्तका अनुसार परिगाउँमा सशस्त्र प्रहरी निरीक्षक हर्किसंह साउँदको कमाण्डमा ३० जना सशस्त्र प्रहरी खटाइएको छ भने शीर्षमा प्रहरी निरीक्षक प्रेमसिंह धामीको कमाण्डमा २५ जना खटाइएको छ ।
