Amargadhi Post

क्वारेन्टाईनमा बसेका बालकको मृत्यु

मानबहादुर साँउद
डडेल्धुरा,जेठ,१८ गते । डडेल्धुरामा क्वारेन्टाइनमा बसेका एक बालकको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका ३ का साढे छ वर्षीय बालकको आज बिहान ३ बजे मृत्यु भएको छ । जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बालकलाई राखिएको थियो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेका अनुसार आमाबाबुसँगै उनी भारतको मुम्बईबाट शनिबार राति मात्रै डडेल्धुरा पुगेका थिए ।
‘उहाँहरू राति आउनुभएको थियो र डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको प्रहरी नायब उपरिक्षक न्यौपानेले बताउनुभयो । हामीकहाँ फोन आयो,बालक गम्भीर बिरामी छ भनेर र झटपट्टै जिल्ला प्रहरी कार्यालयको प्रहरी भ्यान पठाएका थियौं प्रनाउ न्यौपानेले भन्नुभयो ।
बालकलाई उपचारका लागी अस्पताल पु¥याउदै गर्दा उनको बाटोमै मृत्यु भईसकेको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदीशचन्द्र विष्टले बताउनुभयो । ती बालक मलेरिया रोगबाट ग्रसित भई औषधी खाईरहेको उनका आफन्तजनको भनाई छ । यसअघि उनी मुम्बईस्थित एक अस्पतालमा उपचार गराएका थिए । कोरानाका कारण उनी घर आउने क्रममा डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुरामा क्वारेन्टाईनमा बसेका थिए ।
उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ र उनको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको अस्पतालका निमित्त मेसु डा. विष्ट जानकारी दिनुभएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।