Amargadhi Post

आफ्नै नातीद्धारा हजुर आमाको हत्या

लक्ष्मी ऐर
डडेल्धुरा,जेठ,२९ गते । गन्यापधुरा गाउँपालिका वडा नं. २ का २४ बर्षिय रोशनराज गिरीले आफ्नै ७३ बर्षिय हजुुर आमाको हत्या गरेका छन ।
गन्यापधुरा २ कुवरगाँउ बस्ने गिरीले आफ्नै हजरआमा राधादेवी गिरीलाई धान कुट्ने (काठको मुसलले टाउकोमा हिर्काएर हत्या गरेका छन् ।
घाइते भएकी बृद्ध गिरीलाई उपचार गर्न लैजाने क्रममा घटनास्थलबाट करिब ५० मिटरको दुरीमा पु¥याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
घटनामा संलग्न मृतकका नाती रोशनलाई अमरगढी नगरपालिका वडा नं. ११ फिन्नेकोटस्थित लिटिरगाउको जंगलबाट पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताउनुभयो ।
घटनामा संलग्न व्यक्तिलाई हिरासतमा राखिएको र आवश्यक अनुसन्धान गरि कानुनी प्रक्रिया अगाढी बढाइने जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।