हरेन्द्र साउद
डडेल्धुरा,साउन,१ गते । डडेल्धुरामा अवैध हतियार (बन्दुक)सहित एक जना पक्राउ परेका छन ।
सोमबार राति प्रहरीले जिल्लाको आलिताल गाउँपालिका–६ फल्याखर्कका ४६ वर्षीय लालबहादुर कुँवरलाई अवैध भुरुवा बन्दुकसहित पक्राउ गरेका हुन ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी आलितालको टोलीले एक नाल भरुवा बन्दुक, १७ थान सिसाको गोली र ९ ग्राम बारुद लुकाइ राखेको अवस्थामा कुँवरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभएको छ ।
पक्राउ परेका कुँवरमाथि हातहतियार खरखजना कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला अदालत डडेल्धुराबाट २० दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य जारी रहेको प्रनाउ न्यौपानेले बताउनुभयो ।
