मानबहादुर साउद
डडेल्धुरा,साउन,७ गते । सवारी साधनले मनपरी भाडा असुलेको भन्दै नेपाल बिद्यार्थि संघ डडेल्धुराले जिल्ला सदरमुकाममा बिरोध प्रर्दशन गरेका छन । लकडाउन खुकुलो भएसँगै संचालन गरिएका सवारीले मन परी भाडा असुल गरिरहेकोले भाडादर घटाउनु पर्ने भन्दै विरोधमा उत्रेको हुन ।
सरकारले सार्वजनिक तथा अन्य यात्रुवाहक सवारी साधनले क्षमताभन्दा आधा यात्रु बोकी भाडादर पचास प्रतिशतसम्म बढाउन सक्ने निर्णय गरेको भए पनि नेविसंघले भने सवारी साधनमा क्षमता अनुसार कै यात्रु बोकिहेको तर भाडा मात्रै दोब्बर लिने गरेको आरोप लगाउँदै भाडादर पुरानै कायम गर्नुपर्नेमा जोड दिएका छन । ग्रामीण भेगका छोटो र लामो दुरीका सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोकेकै कारण सोमबार र मगंलबार केही गाडी चालकलाई ट्राफिक प्रहरी कार्यालय स्याउलेमा खटिएका प्रहरीले कारवाही गरेको छ ।
डडेल्धुरामा चल्ने सार्वजनिक यातायातले पुरानै मापदण्ड अनुसार भाडादर कायम गर्नुपर्ने र सोही अनुसार गाडी संचालनमा आउनु पर्नेमा नेविसंघले जोड दिएको छ । जिल्ला सदरमुकाम बागबजारमा विरोध सभामा बोल्नुहुदै नेबिसघका कार्यबाहक अध्यक्ष हरिश महराले सार्वजनिक यातायात प्रालिले मनपरी लिइरहेको भाडा तत्काल हटाउन माग गर्नुभयो ।

स्थानीय सरकारले पनि सर्वसधारणका पिरमार्कालाई बुझी यातायात कम्पनी तथा सावरी धनीलाई सचेत गराउनु पर्नेमा उहाको जोड थियो ।
भाडादर मापदण्ड अनुसार नलिइ गाडी मालिक तथा चालकले मनपरी नै गर्ने हो भने नेविसंघ चुप लागेर नबस्ने डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववियु सभापति जगत ऐरले भन्नुभयो । पहिलो पटकलाई सरोकारवाला निकाय, यातायात व्यवसायी, स्थानीय निकाय र जिल्ला प्रशासनलाई सांकेतिक रुपमा जानकारी गराएका र भाडादर मापदण्ड अनुसार कायम नगरी जथाभावी गरे कडा आन्दोलनमा उत्रिने बिद्यार्थी नेता ऐरले बताउनुभयो । बिरोध सभामा बिद्यार्थि नेता लालबहादुर बिकले प्रहरी प्रशासनको मिलोमतोमा यातायात ब्यबसायीहरुले मनपरि भाडा असुलीरहेको भन्दै यथासिघ्र भाडादर नसच्चीए कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।
