लक्ष्मी ऐर
डडेल्धुरा,साउन,१७ गते । डडेल्धुरा अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मी डोटीस्थित सेती नदीमा नुहाउने क्रममा आज बेपत्ता भएका छन ।
शिखर नगरपालिका–१० गगनानस्थित सेती नदीमा नुहाउने क्रमममा नदीले बगाएर उनीहरु बेपत्ता भएका हुन ।
प्रहरीका अनुसार अस्पतालका चार स्वास्थ्यकर्मीहरू शनिबार शैलेश्वरी दर्शन गर्न गएको र फर्किने समयमा सेतीमा नुहाउँदा तीनजनालाई बगाएको थियो ।

डडेल्धुराको परशुराम नगरपालिका घर भएका हरि जोशी र बझाङ स्थायी घर भएका विनय सिंह बेपता भएका छन् भने एकजनाको जिबिती उद्धार गरिएको प्रहरीले जनाएको छ ।
नुहाउने क्रममा हरि, विनय र खगेन्द्र बगेका थिए । उनीसंगै भएको प्रेमबहादुर ठगुन्नाले खगेन्द्रको उद्धार गरेको र अन्य बेपत्ता दुई जनाको प्रहरी टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिएका छन ।
चारैजना डडेल्धुरा अस्पतालका कर्मचारी रहेको र अस्पतालको एम्बुलेन्स घटनास्थलतर्फ गएको अस्पतालको निमित्त मेसु डा.जगदीशचन्द्र विष्टले जानकारी दिएका छन ।
