Amargadhi Post

मिडिया विधेयक माथि प्रश्न उठ्न थाले, आफैलाई आत्मग्लानी भयो ः कांग्रेस नेता डा=रावल

संघीयता महँगो र भ्रष्टाचारको अखडा बन्यो

अमरगढी रैबार सम्बाददाता
कैलाली,साउन,३१ गते । सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा।रण बहादुर रावलले प्रदेश सरकारले भरखरै पास गरेको एफएम, रेडियो तथा टेलिभिजन सञ्चालन गर्न बनेको विधेयकका बिषयमा प्रश्न उठ्न थालेको बताएका छन् ।

शनिबार प्रदेश सभाको बैठकमा बोल्दै नेता रावलले उक्त विधेयक पास गर्दा आफुहरुपनि सदस्य रहेको बताउदै, आफैलाई आत्मग्लानी हुने अवस्था सिर्जना भएको बताए । उनले प्रदेश बिषयगत समितिमा कानुनि सल्लाहकारको अभावले आफैलाई आत्मग्लानी हुने अवस्था सिर्जना भएको बताए ।

यस्तै अर्को प्रसंगमा बोल्दै नेता रावलले संघीयता महँगो र भ्रष्टाचारको अखडा भएको भन्दै प्रश्न उठ्न थालेको बताए । संघिय सरकारले संघीयताको मर्म अनुसार काम गर्न नसकेको बताए । उनले संघीय सरकारले अधिकार जति आफ्नो मातहतमा राखेको र काम गर्न प्रदेश र स्थानिय सरकारलाई जिम्मा दिएको बताए । यस्तै प्रतिनिधी सभामा सासंदहरुको संख्या धेरै भएको भन्दै घटाउनुपर्ने बताए ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।