Amargadhi Post

इन्धनको मूल्य फेरि बढ्यो ः पेट्रोल १०५ पुग्यो

अमरगढी रैबार सम्बाददाता
काठमाण्डौ,साउन,३२ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसारआइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ बढेको हो।

भारतीय आयल कर्पोरेसनले अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनमा पठाएको मूल्य सूचीका आधारमा इन्धनको मूल्य बढेको प्रवक्ता उपाध्यायले जानकारी दिए।

अब पेट्रोल १०५, डिजेल र मट्टीतेल ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ। हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको प्रवक्ता उपाध्यायले बताए।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।