Amargadhi Post

नेबिसंघ डडेल्धुराले उठायो आठ करोडको भबन मुद्धा

हरेन्द्र साँउद
डडेल्धुरा,भदौं,२ गते । डडेल्धुराका मिडिया क्षेत्रले उठाउदै आएको अमरगढी नगरपालिकाको निर्माणाधिन आठ करोडको भबनका बिषयमा नेपाल बिद्यार्थि संघ डडेल्धुराले चासो लिएको छ ।
आठ करोडको लागतमा निर्माण भएको अमरगढी नगरपालिकाको नयाँ भबन को अघिल्लो पिल्लर देखि आगन चर्किएर दारादारा भएपछि सर्बत्र बिरोध भईरहेका बेला बल्ल नेबिसंघ डडेल्धुराले मंगलबार अमरगढी नगर प्रमुख बिशेश्वर प्रशाद ओझालाई छानबिनका लागी ज्ञापनपत्र बुझाएका छन । नेबिसंघ डडेल्धुराका कार्यबाहक अध्यक्ष हरिश महराको नेतृत्वमा गएको टोलीले भबन सम्पन्न नहुदै भत्किनुको कारणबारे आधिकारीक धारणा सार्बजनिक गर्नुपर्ने,कोबिड १९ को ब्यबस्थापनका नाममा भईरहेको खर्चको बिबरण सार्बजनिक गर्नुपर्ने र अमरगढी नगर भित्रभईरहेका बिकास निर्माण र बिकासका नाममा भईरहेको अनियमितताका बिषयमा समेत नगरबासीलाई स्पष्ट पार्न नगरप्रमुख ओझाको गम्भिर ध्यानाकर्षण गराएका हुन । उनीहरुले सुचनाको हकलाई ब्यबस्थित गर्नुपर्ने र हरेक नागरिकले बुझ्नेगरि सुचना प्रबाह गर्न समेत अमरगढी नगरपालिकालाई आग्रह गरिएको अध्यक्ष महराको भनाई थियो ।
अमरगढी नगरपालिका लगायत जिल्लाका सातवटै स्थानीय तहहरुलाई कोबिड १९को ब्यबस्थापनमा भएको खर्चको यर्थात बिबरण सार्बजनिक गर्नका लागी नेबिसघ डडेल्धुराले ज्ञापनपत्र बुझाएको छ । अमरगढी नगरपालिकालाई ज्ञापनपत्र बुझाएलगत्तै सदरमुकाममा नेबिसंघ डडेल्धुराले बिरोध प्रर्दशन गरेको छ ।


सरकारले गरेको पेट्रोलियम पर्दाथको मुल्य बृद्धिलाई तत्काल घटाउनुपर्ने,महङगी र भ्रष्टाचार न्युनिकरण गर्नुपर्ने,अमरगढी नगरपालिकाको भबन हस्तान्त्ररण नहुदै कार्यालय सारिएको प्रति आपत्ती जनाउदै नेबिसघ डडेल्धुराले भबनको आगन एकफिट भन्दा बढी धासिनु र भबनमा ब्यापक आर्थिक चलखेल भएको आशंका गर्ने प्रयाप्त ठाउ भएकाले घटनाको बास्तबिकता सार्बजनिक गर्न नगर प्रमुख ओझालाई आग्रह गरेको छ । बिरोध सभामा बोल्दै बिद्यार्थि नेता लालबहादुर बिकले अमरगढी नगरपालिकाको निर्माणाधिन आठ करोडको भबन भत्किनुमा नगर नेतृत्व बढी जिम्मेवार रहेको भन्दै यथासिघ्र छानबिनको माग गर्नुभयो । 

भबनको एकपटक पनि अनुगमन नहुनु र निर्माण कम्पनी संग जनप्रतिनिध र कर्मचारी मिल्नुको कारण बारे आफुहरु अनबिज्ञ रहेको भन्दै उनले हरेक नागरिकले यस्ता गलत प्रबृतीका बिरुद्धमा बोल्नु्पर्नेमा जोड दिए । यसैगरी स्वबियु सभापति जगत ऐरले अमरगढी नगरपालिकाको भबनका बिषयमा गम्भिर रुपमा छानबिन हुनुपर्ने र दोशीउपर कानुनी कारबाही हुनुपर्ने माग राख्नुभयो ।

 सरकारले एकपछि अर्काे जनबिरोधी काम गरिरहेको भन्दै हालै बृद्धि भएको पेट्रोलियम पर्दाथ यथासिघ घटाउनुपर्नेमा ऐरले जोड दिए । नेबिसंघ डडेल्धुराले समाजका बिकृती बिसंगती र भ्रष्टाचारजन्य कृयाकलापका बिरुद्धमा शशक्त भए अघि बढ्ने उद्घोष गर्दे ऐरले अमरगढी सरकारले गरिरहेका कामहरु प्रति नगरबासी सन्तुष्ट नरहेको दाबी गर्नुभयो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।