अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,भदौ,८ गते । सुदूरपश्चिममा थप ७५ जनामा कोरोना भाइरस ९कोभिड–१९० को पुष्टि भएको छ। आइतबार सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा यहाँका ७५ जनामा संक्रमण देखिएको हो।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय जनाको नमुना परीक्षण गर्दा कैलाली र कञ्चनपुरका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा कैलालीका ३२ र कञ्चनपुरका १० जना छन्।
कैलालीको गोदावरी नगरपालिकाका पाँच महिला र १० पुरुष गरी १५ जना, धनगढी उपमहानगरपालिकाका चार महिला र चार पुरुष गरी आठ जना, घोडाघोडी नगरपालिका ११ का तीन पुरुषमा कोरोना पुष्टि भएको छ।
यस्तै भजनी नगरपालिका २ का एक महिला र तीन पुरुष गरी चार जना, जोशीपुर २ का एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

कञ्चनपुरको पुर्नवास नगरपालिकाका दुई महिला र चार पुरुष गरी ६ जना, कृष्णपुर नगरपालिकाका एक महिला र एक पुरुष गरी दुईजना तथा स्थानीय तह नखुलेका थप दुई गरी १० जनामा संक्रमण देखिएको उनले बताए।
यसैगरी डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४२० नमुना परीक्षण भएकोमा ३३ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरीप्रसाद भूषालले जानकारी दिए।

उनका अनुसार अछामका २३ जना, बैतडीका ४, बझाङका ३, डडेल्धुराका २ र दार्चुलाका १ जनामा कोरोना संक्रमण देखिएको हो। अछामको मंगलसैन नगरपालिकाका १७ जना, पञ्चदेवल विनायक नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको छ।
बैतडीको पाटन नगरपालिकाका २ जना सूनर्या गाउँपालिकाका १ र जिल्ला अस्पताल बैतडीका एक जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज भूषालले जानकारी दिए।
यस्तै बझाङको केदारस्यूँ गाउँपालिकाका २ बुङ्गल नगरपालिका १ जनामा कोरोना पुष्टि भएको छ। डडेल्धुराको गन्यापधुरा, अजयमेरु गाउँपालिकाका र दार्चुलाको मालिकार्जुन गाउँपालिकाका १–१ जनामा कोरोना पुष्टि भएको छ।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या पाँच हजार चार सय ६ पुगेको छ। संक्रमण पुष्टि भएको चार हजार चार सय बढी डिस्चार्ज भएका छन्। कोरोना संक्रमणबाट यहाँका १२ जनाले ज्यान गुमाएका छन्।
