Amargadhi Post

अमरगढी नगरपालिका वडा नं. ९ सिल

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,भदौं,१० गते । डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिकाको वडा नम्बर ९ सिल गरिएको छ। कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको भन्दै उक्त वडालाई सिल गरिएको हो।

मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा उक्त वडाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमणको जोखिम न्यूनीकरण गर्न वडालाई सिल गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानले जानकारी दिए। स्थानीय तह, जिल्ला प्रशासन तथा सुरक्षा निकायको निर्णय अनुसार वडालाई सिल गरिएको डिएसपी न्यौपानले बताए।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।