Amargadhi Post

डोटी चेम्वरद्धारा बाढि पिडितलाई सहयोग प्रदान

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,भदौ,१२ गते । डोटी चेम्वर अफ कमर्सले अछामको रामारोशन गाँऊपालिका स्थित सैनी वजारका बाढी पिडितहरुलाई राहात स्वरुप नगद हस्तान्तरण गरेको छ ।


आज दिपायलको पिपल्ला स्थित चेम्वरको कार्यालयमा आयोजित एक कार्यक्रमका बिच बाढि पिडितहरुका लागि २५ हजारको चेक हस्तान्त्ररण गरिएको छ । बाढि पिडित क्षेत्रमा राहात सहित जान लागेका संचारकर्मी तथा युट्युवर विरेन्द्र धामी नेतृत्वको टोलि मार्फत उक्त चेक रकम प्रदान गरिएको चेम्वर अफ कमर्स डोटीका सचिब तेजबहादुर डुम्रेलले जानकारी दिनुभयो । सैनि वजारका बाढि पिडितहरुलाई थोरै भएपनि राहात होस भनेर चेम्वरको तर्फबाट उक्त रकम प्रदान गरिएको सँस्थाका अध्यक्ष खगेन्द्रबहादुर सांँउदले जानकारी दिनुभयो ।

भाद्र २ गते राति अछामको रामारोशन स्थित कैलास खोलामा आएको बाढिले सैनि बजार क्षेत्रमा ठुलो धनजनको क्षति गरेको थियो । बाढि तथा पहिरोमा परेर स्थानिय १२ जनाले ज्यान गुमाएका थिए भने ५ जना अझै बेपत्ता रहेका छन । ज्यान गुमाउने तथा प्रभावित हुनेहरुमा अधिकांस व्यपारी थिए ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।