लक्ष्मी ऐर
डडेल्धुरा,भदौ १३ गते । कोभिड–१९ संक्रमण बढ्दै गएपछि डडेल्धुरा जिल्लामा निशेधाज्ञा जारी भएसंगै बजार सुनसान भएको छ ।
सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमण दरबढ्दै गएपछि डडेल्धुरा जिल्लामा पनि भदौ १९ गते सम्मका लागी निषेधाज्ञा लम्ब्याईएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभयो ।
शुक्रबार बसेको (म्ऋःऋ) को बैठकले भदौ १२ गतेदेखी अतिआवश्यक सेवा तथा वस्तु विक्रि वितरण गर्ने सेवा तथा वस्तु विक्रि वितरण गर्ने पसलहरु बाहेक अन्य सवै पसलहरु विहान ६ बजेदेखी ११ बजेसम्म मात्रै संचालन गर्न पाउने निर्णय गरे संगै डडेल्धुरा सदरमुकाममा सुनसान बनेको हो ।
बैंक तथा वित्तिय संस्थाहरु पनि विहान ८ बजेदेखी १२ बजेसम्म मात्रै संचालन गर्नु पर्ने र जिल्लामा संचालित निजी तथा सार्वजनिक सवारी साधन तथा मोटरसाईकलहरु पनि जोर विजोर प्रणालीमा संचालन गर्नु पर्ने निर्णय भएको छ ।
उक्त निर्णय कार्यान्वयन गराउनका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सार्वजनिक सुचना नै जारी गरेको छ । यो निर्णय उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारवाही गर्ने समेत जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएपछि सधै चहलपहल हुने जिल्ला सदरमुकाम सुनसान भएको छ ।
