Amargadhi Post

संसदीय समितिको खुलासा, ‘पहिरो नियन्त्रणका नाममा सचिवको घर जोगाउने योजना’

अमरगढी रैबार सम्बाददाता
बैतडी,भदौ,१५ गते । खोचलेक(बसाली सडकको खम्तोलामा सचिव भट्टको घरको ठिक मुनि लगाईएको पर्खाल । सुदूरपश्चिम सरकारले टुणाईजर खम्तोला पहिरो नियन्त्रण शिर्षकमा विनियोजन गरेको २५ लाख रकमले यो पर्खाल लगाईएको हो ।
कञ्चनपुर – सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका तत्कालिन सचिवले अनावश्यक योजना बनाएर आप्mनै घर अगाडी भूक्षय नियन्त्रणका लागि तटबन्ध निर्माण गरेको पाइएको छ।

सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले गरेको अनुगमनका क्रममा उक्त कुरा बाहिर आएको हो। मन्त्रालयका तत्कालिन सचिव इन्द्रदेव भट्टले बैतडीको दोगडाकेदार ३ खम्तोलामा आफ्नै घर अगाडी भूक्षय नियन्त्रणका लागि भन्दै तटबन्ध निर्माण गरेको पाइएको हो।

टुणाइजर खम्तोला भूक्षय नियन्त्रणका लागि आर्थिक बर्ष ०७५÷७६ मा २५ लाख बजेट छुट्याइएको थियो। स्थानीयका अनुसार त्यही नजिक २०६६ मा पहिरो गएको थियो। त्यो झण्डै एक किमी परै भएको स्थानीयको दाबी छ। त्यसमा २०६७ भदौदेखि ०६८ भदौसम्म २ करोड १५ लाख ८९ हजारमा पहिरो नियन्त्रणको काम भएको थियो। ‘पहिरो नियन्त्रणका नाममा अनावश्यक योजना बनाएको देखिन्छ,’ समितिका सदस्य दीर्घ सोडारीले भने, ‘यस विषयमा हामी थप अध्ययन गर्दै छौं, कति वजेट छुट्याइएको थियो, कति खर्च भएको थियो, सबै बुभ्mदै छौं।’ सचिव भट्टले २५ लाखको योजनामा सडक भन्दा माथि आफ्नो घर मुनि पर्खाल थप्न लगाएका छन्। मन्दिरको घेरबार गर्न लगाएका छन्।

सोडारीले यस विषयमा प्राविधिकहरुसंग छलफल भईरहेको बताए। बैतडीसहित डडेलधुरा, दार्चुला र बझाङमा सोडारीकै नेतृत्वमा समितिले बाढी पहिरोबाट विकास निर्माण र प्राकृतिक स्रोत साधनमा पुगेको क्षतिकाबारे अनुगमन गरेको हो। गत आर्थिक वर्षमा भौतिक मन्त्रालयमा सचिव रहेका भट्टले अनावश्यक योजना बनाएको प्रस्ट रुपमा देखिएको सदस्य सोडारीले बताए।

उनले यसबाहेक अन्य विवादास्पद योजनाहरुको समेत अनुगमन गरिएको जानकारी दिए। तर ती बिबादस्पद योजनाका बारेमा भने केही खुलाएनन्। अनुगमन समितिको प्रतिवेदन एक–दुई दिनमै तयार पारेर प्रदेश सरकारलाई आवश्यक निर्देशन दिइने बताए। संघीय सरकार र स्थानीय सरकारसंग पनि आवश्यक समन्वयका गरिने उनको भनाई छ।

संसदीय टोलीले डडेलधुराको आलीताल क्षेत्रमा सामुदायिक वनमा सडक निर्माणका नाममा वातावरणीय प्रभाव मुल्यांकन विना नै रुख कटानी भएको र उक्त रुखहरु लुकाएर राखिएको अवस्थामा भेटेको छ। डिभिजन वन कार्यालय डडेलधुराका निमित्त प्रमुखलाई तत्काल ती रुखहरु संकलन गरि कटान गर्नेमाथि आवश्यक कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको सोडारीले बताए।

परशुराम नगरपालिका ७ को आलीताल क्षेत्रमै पहिरोका कारण एउटा वस्ती नै जोखिममा रहेको र त्यहाँ रहेका ७५ परिवारलाई सुरक्षित स्थानमा सार्ने विषयमा प्रमुख जिल्ला अधिकारीसहित स्थानीय संग छलफल भएको सोडारीको भनाई छ। यसैगरि बझाङमा सेती नदीले बाटो क्षतविक्षत बनाएको संसदीय टोलीले अनुगमन गरेको छ। बैतडीमा पनि निङलाशैनीदेखि दक्षिण जाने सडक बाढी र पहिरोले तहस नहस पारेको सोडारीले बताए। दार्चुलामा पनि खलंगा–मार्मा सडक भत्केको, हाईड्रोपावर अस्तव्यस्त भएको लगायतको क्षतिको अनुगमन गरिएको थियो।

मालिकार्जुन ७ मा बाढीले बजार भत्काउनुका साथै २ जनाको मृत्यु भएपनि मृतकका आफन्तले हालसम्म क्षतिपुर्ती तथा राहात नपाएको विषयमा पनि सरोकारवालासंग आवश्यक छलफल गरिएको उनले बताए।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।