Amargadhi Post

बाली नलाग्दै सुक्यो धान

लक्ष्मी ऐर
डडेल्धुरा,भदौ २१ गते । अमरगढी नगरपालिका–५ जिलोडा गाउँका किसानले सयौं रोपनीमा लगाएको धानबाली नष्ट भएको छ । पाक्नै लागेको धानमा रोग लागेपछि धानका बाला नलाग्दै सुक्न थालेको हो । धानका पातसहित बालाजती सबै सुकेका छन् । किसानले बेलैमा प्राविधिकसंँग सम्पर्क नगर्दा धानबाली नष्ट भएको कृष प्राविधिकहरुको भनाइ छ
धानबालीको लक्षण हेर्दा ब्लाष्ट रोग लागेको अमरगढी कृषि शाखा प्रमुख तथा कृषि प्राविधिक रमेश भण्डारीले बताउनुभयो । कृषकका खेतमा पुगेर धान लगाएको खेत हेर्दा रोगले ग्रस्त छ कृषि प्राविधिक भण्डारीले बताउनुभयो । गाउलेहरु कसैले पनि गुनासो नगरेका कारण नगरपालिका कार्यालयको मुनी रहेको जिलोडा गाँउमा रोगका कारण धान सुकेको जनाए ।
बेलैमा किसानले खबर गरेको भए बिषादी छर्केर जोगाउन सकिने थियो । उनले भने, अहिले बोट र बाला सबै मरि सकेको छ । त्यसैले धानमा बाला नै नलागी सुकेको हो । यो रोग बाट बाली जोगाउन बिउ राम्रो लगाउनु पर्ने प्रविधिकहरुको भनाई छ । वर्षेनी धान नफल्ने र समय अगावै धान सुकेर जाने गरेको स्थानिय कृर्षकहरु वताउछन् ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।