Amargadhi Post

डडेल्धुराको निशेधाज्ञा खुकुलो बनाईयो

लक्ष्मी ऐर
डडेल्धुरा,भदौ २१ गते । डडेल्धुरामा जारी निषेधाज्ञालाई खुकुलो बनाइएको छ । जिल्लास्तरीय कोभिड–१९ जोखिम व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले निषेधाज्ञालाई खुकुलो बनाउने निणर्य गरेको हो ।
जिल्लामा जारी निषेधाज्ञालाई भदौ ३१ सम्म खुकुलो बनाउने गरी लम्ब्याइएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिनुभयो ।
जिल्लामा संचालित अत्यावश्यक सेवा तथा बस्तुहरु बिक्री वितरण गर्ने पसलहरू बाहेक सम्पूर्ण पसल भदौ ३१ गतेसम्मका लागि बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्रै संचालन गर्न पाउने छन । यसअघि पसलहरू बिहान ६ बजेदेखि ११ बजेसम्म मात्रै संचालन गर्न दिइएको थियो ।
पसल संचालन गर्दा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताएका छन । जिल्लामा संचालित निजी तथा सार्वजनिक सवारी साधन तथा मोटरसाइकलहरूलाई ३१ गतेसम्म जोर–बिजोर प्रणाली लागू गरिएको छ । सार्वजनिक मेला, पर्व, भेला, सभा सम्मेलनलाई पूर्ववत रूपमा पूर्ण निषेध गरिएको छ ।
सवारी पास नलिई अन्य जिल्लाबाट डडेल्धुरा जिल्लामा आउने यात्रुबहाक सार्वजनिक र निजी सवारी साधनलाई पनि पूर्ण रोक लगाउने निर्णय डिसिसिएमसीको बैठकले गरेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।