दिनेश सञ्चार गृहमा साँघातिक आक्रमण निन्दनिय
आक्रमणमा संलग्न व्यक्ति लाई कानुनी दायरा ल्याउन जोडदार माग
अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,भदौ,२६ गते । समाचारका बिषयमा सञ्चारगृह भित्रै प्रवेस गरी सञ्चारकर्मी माथी भएको हातपातको सञ्चारकर्मीहरुले घोर भत्र्सना गरेका छन ।
दिनेश सञ्चारगृह माथिको आक्रमण निन्दनीय छ । सञ्चारकर्मीहरुले सामाजिक सञ्जालमा स्टाटस राख्दै आक्रमणमा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन जोडदार माग गरेका छन ।
कैलालीको दिनेश सञ्चार गृहमा शुक्रबार साँघातिक आक्रमण भएको छ । धनगढीमा थुनुवा कक्ष भित्रै १९ वर्षीय युवकले आत्महत्या गरे भन्ने समाचार झुटो भएको भन्दै मृकतका आफन्तले आक्रमण गरेका हुन । समाचार हटाउनु पर्ने भन्दै १५र२० जनाको समुहले दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण गरेका छन । त्यहाँ कार्यरत पत्रकारमाथि पनि कुटपिट पनि गरेका छन । सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकार माथि उनीहरुले कुटपिट गरेका हुन । भने व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात समेत गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारीका आधारमा दिनेश खवरले धनगढीमा थुनुवा कक्ष भित्रै १९ वर्षीय युवकले गरे आत्महत्या समाचार प्रकाशन गरेको थियो ।
उनका अनुसार धनगढी उपमहानगरपालिका–१ बाट चोरी मुद्धामा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेका थिए । उनी धनगढी उप–महानगरपालिकाका कर्मचारीका छोरा भएको बुझिएको छ ।
