Amargadhi Post

बैतडीमा कोरोना परीक्षण प्रयोगशालाको मन्त्रीद्वारा उद्घाटन

अमरगढी रैबार सम्बाददाता
बैतडी,असोज,१ गते । जिल्ला अस्पताल बैतडीमा स्थापना भएको कोरोना परीक्षण प्रयोगशालाको आज उद्घाटन गरिएको छ। प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले उद्घाटन गरेका हुन्।

सुदूरपश्चिम प्रदेश सरकारको ४० लाखको लागतमा प्रयोगशाला स्थापना भएकोे प्रयोगशालामा दैनिक २ सयदेखि ३ सयवटासम्म स्वाब नमुना जाँच गरिनेछ । जिल्लामै पीसीआर मेसिन सञ्चालनमा आएपछि अब डडेल्धुरा र कैलालीमा स्वाब पठाउनुपर्ने अवस्था हट्ने विश्वास गरिएको छ। पीसीआर प्रयोगशाला कोरोना परीक्षणका लागि मात्रै नभएर अन्य रोगको पहिचानका लागि पनि सहज हुने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

थ्यग ःष्नज

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।