Amargadhi Post

विद्यालय संचालन गर्न अभिभावक भेला बोलाईदै

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,असोज,२ गते । अजयमेरु गाउपालिकाले विद्यालय सचांलनका लागि अभिभावकको राय सुझाव संकलन गर्ने भएको छ । गाउपालिकाले असौज १० गते बाट विद्यालय सचांलन गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण दर शुन्य रहेको अजयमेरु गाउपालिकामा बालवालिका लाई पढाई तिर उन्मुख गर्न अभिभावकको राय लिन लगेको हो । असोज ७ गते भित्र भेला बोलाई छालफल गर्न पत्राचार गरेको जनाएको छ ।अभिभावक सगंको छलफल पश्चात बालवालिकाको पढाई लाई नियमितता दिने अजयमेरु शिक्षा शाखाले जनाएको छ ।

नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयको भदौ १९ मा मन्त्री स्तारिय वैठक बाट पारित निर्णय अनुसार विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा विभिन्न विकल्प प्रस्तोत गरेको थियो ।

निर्देशिकाको दफा ३३ को उपदफा २ मा कुनै क्षेत्र विषेश कोरोना संक्रमणको दर हेरी नियमित रुपमा विद्यालय संचालन हुन सक्ने अवस्था भएमा पत्यक्ष सिकाई क्रियाकलाप गर्न वाधा हुने छैन भन्ने निर्णय छ ।

यसै अनुसार अजयमेरु गाउपालिकाले पनि स्थानियतहमा अवस्था सामान्य रहेको उल्लेख गर्दै केही दिन अगाडी विद्यालय खोल्ने पालिका स्तरिय निर्णय पारित गरेको छ ।

अभिभावक सगंको सल्लाह पछि विद्यालय खोल्ने गाउपालिकाले जनाएको छ । तह अनुसार अभिभावकलाई निमन्त्रणा गरि छलफल बाट राय सुझाव संकलन गरि विद्यार्थीको समुह बनाई पठन पाठन सुरु गरिने वालकल्याण माविका प्रधानाध्यापक जगदिशसिंह भण्डारीले बताए ।
गाउपालिकाकै निर्णय अनुसार वालकल्याण माविले अभिभावक लाई असोज ७ गते चार समुहमा आमन्त्रण गरेको छ ।

अजयमेरु गाउपालिकामा जम्म ३२ वटा विद्यालय छन् । लकडाउनका समयमा धेरै जसो विद्यालयमा क्वारेन्टाईनको व्यवस्था गरिएको थियो । अहिले भने गाउपालिका भर कोरोना संक्रमित सुन्य रहेको गाउपालिका उपाध्यक्ष कलावती भाणले बताईन । असोज १० बाट विद्यालय सचांलन गर्नका लागि सर्वपक्षिय छलफल भईरहेको छ । उनले भन्नि, १० गते बाट पुर्ण पठन पाठन सुरु हुने छ ।
गाउपालिका भित्र रहेका प्राविधिक विद्यालयहरुमा बाहिरका विद्यार्थी भएकाले केही चुनौती छ ।

लामो समय देखी विद्यालय बन्द रहदा बालवालिकाहरुमा मानसिक तनावका साथै पढाइ समेत कमजोर भईरहेको अभिभावकहरुको ठहर रहेको छ ।

बावालिकाको पढाइका साथै उनिहरु भविष्य निर्धारण गर्नका लागि सुरक्षा समाग्री अपनाएर भए पनि विद्यालय खोलिनु पर्ने अजयमेरु–१ का अध्यक्ष दत्तीसिंह भण्डारीले बताए ।
बाहिर बाट आउने विद्यार्थीका लागि आवास सहितको छात्रावासको व्यवस्था गरिनु पर्ने अध्यक्ष भण्डारीको भनाई छ ।

त्यसै गरि नवदुर्गा गाउपालिकाले पनि चाडै विद्यालय खोल्न छलफल अगाढी बढाई रहेको नवदुर्गा–५ का अध्यक्ष धनबहादुर साउदले बताए । नवदुर्गामा गाउपालिकामा कोरोना संक्रमितको सख्या समान्य बन्दै गई रहेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।