अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,असोज,१२ गते । गन्यापधुरा गांउपालिकाभित्र कोरोना नियन्त्रण तथा क्वारेन्टाईन व्यवस्थापनमा भएको खर्च तत्काल सार्वजनिक गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गन्यापधुराले गन्यापधुरा गाँउपालिकालाई सोमबार ज्ञापनपत्र बुझाएको छ । कोरोनाभाईरस (कोभिड–१९) शीर्षक अन्र्तगत गांउकार्यपालिका तथा ५ वटै वडाबाट भएका राहत वितरण, क्वारिनटिन व्यवस्थापन,स्वास्थ्य सामग्री खरिद, क्वारिनटिनमा बस्ने व्यक्तिहरुको नामावली विवरण र यातायात व्यवस्थापनमा भएको खर्चहरुको यर्थात विवरण गन्यापधुरा गांउपालिकाले हालसम्म सार्वजनिक नगरेकोले तत्काल सार्वजनिक गराउनका लागि गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको नेकपाका गन्यापधुरा गांउकमिटी सचिव सुरेश शाहीले बताएका छन् ।
उनले भने आ.व २०७६÷०७७ मागन्यापधुरा गा.पा.अन्र्तगत सम्पन्न भएका योजनाहरुको स्थानिय राजनीतिक पार्टी तथा सरोकारवालाहरु संग बार्षिक समिक्षा तथा सामाजिक लेखापरिक्षण समेत नगरी अपारदर्शी तरिकाले फरक फारक गरिएको छ । अपारदर्शी रुपमा गांउपालिकाले सम्पन्न नभएका योजनाहरुलाई पनि सम्पन्न भएको भन्दै भुक्तानी गरेको छ । त्यसको पनि प्रगति विवरण र भुक्तानी गरिएका योजनाहरुको विवरण समेत माग गरेका छौँ ।
गा.पा. तथा वडाअन्र्तगत प्राकृतिक श्रोत साधनहरुको रोयल्टी तथा नियमित राजश्व संकलन कार्यमा भैरहेको अपारदर्शीे एवं पक्षपातपुर्ण कार्य गरिदै आएको र रोयल्टी तथा अन्य नियमित राजश्व संकलन कार्य पनि पारदर्शी नभएको नेकपा गन्यापधुरा कमिटी अध्यक्ष दत्तराज अवस्थीले बताएका छन् ।
उनले भने कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएर घर फर्किएका युवाहरुको बैकल्पिक रोजगारीका अवसरहरु सृजना हुने आयआर्जनका कार्यक्रमहरु संचालन गर्नुको सट्टा गांउपालिकाले एकल ढंगबाट आर्थिक वर्ष ०७७÷७८ को वार्षिक कार्यक्रम तयार गर्दा राजनीतिक पार्टीहरु तथा सरोकारवालाहरुको विना सहभागीतामा मनपरी ढंगले योजना तथा कार्यक्रमहरु निर्माण गरिएको छ ।
लक्षित बर्ग अन्र्तगतका कार्यक्रमहरु संचालन गर्दा अपारदर्शी तरिकाले मापदण्ड बिपरित भएको हुदा सोकोे खर्च विवरण सम्वन्धित सरोकारवालाहरुको सहभागितामा सार्वजनिक गरी खर्च विवरण तत्काल उपलब्ध गराउन ज्ञापन पत्र मार्फत माग गरिएको र उक्त ज्ञापन पत्रलाई वेवास्ता गरे थप संघर्षका कार्यक्रमहरु अगाढी बढाउने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
