Amargadhi Post

डा. गोविन्द केसीको सत्याग्रहमा काँग्रेस डडेल्धुराको ऐक्यबद्धता

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,असोज,१५ गते । निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चिततालगायतका माग राखेर १९ औं पटकको सत्याग्रहमा रहेका डा। गोबिन्द केसीको सत्याग्रहमा काँग्रेस डडेल्धुराले ऐक्यबद्धता जनाएको छ।

नेपाली काँग्रेस डडेल्धुराले बुधबार डडेल्धुरा सदरमुकाममा विरोध प्रदर्शन गर्दै डा। केसीले उठाएका नेपाली जनताका साझा मागहरु अविलम्ब सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ। डा। केसीका माग सम्बोधन गर्न सरकारले ढिलाई गरेमा कडा आन्दोलनमा उत्रिने काँग्रेस डडेल्धुराले चेतावनी दिएको छ।

काँग्रेस डडेल्धुराको पार्टी कार्यालय ‘किसुनजी भवन’ बाट निस्केको बिरोध र्याली भिमदत्त चोकमा पुगेर कोण सभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै काँग्रेस उपसभापति करुणाकर भट्टले सरकारले डा। केसीले अघि सारेका मागहरु सम्बोधन गर्न ढिलाई गरिरहेको र आमरण अनसनमा रहेका डा। केसीको जीवन रक्षाका लागि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए।

उनले डा। केसीले अघि सारेका मागहरु सम्बोधन गरेर सरकारले बिगतमा भएका सम्झौताहरु अक्षरस कार्यान्वयन हुनुपर्ने औंल्याए। डा। केसीले अघि सारेका जनपक्षीय मागहरु सम्बोधन गर्न सरकारले आनाकानी गरिरहेकाले देशब्यापी रुपमा आन्दोलन गरेर सरकारलाई माग सम्बोधन गर्न बाध्य पारिने उपसभापति भट्टले बताए।

कार्यक्रममा नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा सुदुरपश्चिम प्रदेश सभाका सदस्य कर्णबहादुर मल्लसहित जिल्लास्तरीय नेता कार्यकर्ताहरुको सहभागिता थियो। गत भदौ २९ गते जुम्लाको चन्दननाथ नगरपालिका–६ स्थित बाबिरामष्ट मन्दिरबाट १९ औं पटकको आमरण अनसन थालेका डा। केसीलाई सरकारले बलप्रयोग गरेर राजधानी काठमाडौं पुगाएको लामो समय बितिसक्दा पनि सरकारले कुनै चासो नदेखाएको प्रति नेपाली काँग्रेस डडेल्धुराले गम्भीर आपत्ती जनाएको छ । यसअघि नागरिक समाज डडेल्धुराले डा। केसीको सत्याग्रहमा ऐक्यवद्धता जाहेर गरिसकेको छ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।