अमरगढी रैबार सम्बाददाता
बैतडी,असोज,१८ गते । बैतडीको पाटन नगरपालिकाले छानबिन समितिको प्रतिबेदन तथ्यहिन भएको भनेर बिज्ञप्ती जारी गरे पछि नेकपा पाटन नगर कमितिले आपत्ती जनाएको छ । नेकपा पाटन नगर कमिटिले शनिबार प्रेस बिज्ञप्ती जारी गर्दै नगरपालिकाले जारी गरेको बिज्ञप्तीमा छानबिन समितिका सदस्यहरुलाई अनाबश्यक आरोपहरु लगाउन खोजिएको भन्दै आपत्ती जनाएको हो । नगर कमिटि अध्यक्ष राज बहादुर भण्डारीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा नगरपालिकाले छानबिन समितिका सदस्यहरुलाई मानसिक रुपमा प्रताडित गर्ने र सत्य तथ्य कुराहरु डाकछोप हुने गरी जनताको आँखामा छारो हाल्ने प्रयत्न भईरहेको उल्लेख गरिएको छ । यस्तै नेकपा पाटन नगर कमितिले बिज्ञप्तीमार्फत सत्यतथ्य छानबिन गरी दोषीहरुलाई कार्बाहीको माग गरेको छ । यस अगाडी पाटन नगरपालिकाले असोज १३ गते प्रेस बिज्ञप्ती जारी गर्दै छानबिन समितिको प्रतिबेदन तथ्यहिन र जनप्रतिनिधि र कर्मचारीहरुको चरित्र हत्या गर्ने गरी सार्बजनिक भएको दाबी गरेको थियो ।
पाटन नगरपालिका द्वारा जारी प्रेस विज्ञप्ती
नगरपालिकाले छाविन समितिलाई ७ दिन भित्र असुल उपर गर्नुपर्ने बुदाँहरुमा तथ्य प्रमाण पेश गरि स्पष्टिकरण दिन माग गरेको थियो । व्यापक आर्थिक अनियमितिता भएको भन्ने प्रमाण विहिन प्रतिवेद प्रस्तुत गरि आम नागरिकहरुलाई भड्काउने प्रयास गरिएको भन्दै नगरप्रमुख चन्दले कानुन विपरित कुनै आर्थिक अनियमितता भएको पाईएमा सत्यतथ्य छानविन गरि कार्बाहि गर्न प्रतिबद्ध रहेको कुरा प्रेस बिज्ञप्तीमा उल्लेख गरेका थिए । साउन १७ गते बसको नबौ नगर सभाले ७ सदस्यस्य छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले असोज ९ गते प्रतिबेदन सार्वजनिक गर्दै नगरपालिकाले ५३ लाख १५ हजार ७ सय २१ रुपँया अनियमितता भएको देखाएको थियोे ।

