Amargadhi Post

ललिता निवास प्रकरण स् अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा पठाउने आदेश

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,मसिर,२८ गते । ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

आइतबार कानुन व्यवसायीसहित बस्न्यात अदालतमा हाजिर भएका थिए । बालुवाटारस्थित ललिता निवास र यसले चर्चेको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा बस्न्यातसहित १७५ जनाविरुद्ध २२ माघ २०७६ मा विशेष अदालतमा मुद्दा दर्ता भएका थियो ।

बस्न्यातले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारीमा रहँदा फर्जी मोही खडा गरेर ललिता निवासको जग्गा हडप्न सहयोग गरेको अख्तियारको दाबी छ । बस्न्यातविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ विगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।