Amargadhi Post

डडेल्धुराको भीमदत्त चौकमा बिरोध एबम आमसभा गर्न नपाईने

लक्ष्मी ऐर
डडेल्धुरा,पुस,१६ गते÷ जिल्ला सदरमुकाम बागबजारको भिमदत्त चोकमा कुनै पनि विरोध एवं आमसभाहरु गर्न नपाईने भएको छ । सडक जाम गरि आयोजना हुने प्रदर्शन, विरोध एवं आमसभा गर्न नपाईने निर्णय जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्बपक्षिय बैठकबाट निर्णय गरिएको हो ।
बिहिबार प्रशासन कार्यालयमा भएको सर्वपक्षिय बैठकबाट सडक जाम हुने गरि भिमदत्त चोकमा कुनै पनि आमसभाका कार्यक्रम नगर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी हरि प्रशाद घिमिरेले बताउनुभयो ।
बागबारको मुख्यचोकमा सभा, प्रदर्शन गरिदा घण्टौ सम्म ट्राफिक जाम लाग्ने र सर्बसधारणले सास्ती भोग्नु परेपछि यस्तो निर्णय भएको हो ।
सवारी जामका कारण दुर्घटनाको जोखिम र सुदुरपश्चिमका सात पहाडी जिल्लाको राजमार्गका रुपमा रहेको डडेल्धुरा बागबजार सडक प्रभाबित हुन थालेपछि सर्बसधारणको असन्तुष्टी दिनप्रति दिन बढ्नथालेपछि यो निर्णय गर्न बाध्य भएको राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदश्य लालबहादुर जाग्रीले बताउनुभयो ।
आन्दोलन गर्दा सडक जाम हुने गरि कुनै खालका गतिबिधी नगरौं यसले हरेक नागरिकको जनजिबन प्रभाबित बनीरहेको र जनताको ब्यापक असन्तुष्टीलाई स्वभाबिक रुपमा लिनुपर्ने उहाँको धारणा थियो ।
आन्दोलन र बिरोधका कार्यक्रम सदरमुकामकै बसपार्कमा गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।
कांग्रेस, राप्रपा बाहेकका अन्य राजनितिक पार्टीका प्रतिनिधी, प्रमुख जिल्ला अधिकारी एवं प्रहरी प्रशासन, नागरिक समाज र नेपाल पत्रकार महासंघका प्रमुखहरुको उपस्थितीमा सडक जाम नगर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।