अमरगढी रैबार सम्बाददाता
काठमाण्डौ,चैत,२९ गते । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी बनेको हो । विजयीहरुको औपचारिक घोषणा भने साँझ ६ बजे गरिएको हो ।
निर्वाचन समितिका सदस्य अधिवक्ता देवेन्द्र झाका अनुसार अध्यक्षमा विजयी पोखरेलले ६ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । अत्यक्षका अर्का प्रत्यासी प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलका निर्मला शर्माले ३ हजार ९ सय १५ मत प्राप्त गरिन् । त्यस्तै अध्यक्षका अर्का प्रत्यासीहरु गजेन्द्रसिंह बुढाथोकीले ४ सय ९१ मत र रामप्रसाद दाहालले १ सय ५६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै शर्मा समूहका माधव नेपाललाई हराउँदै वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट विजयी भएका छन् । महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएकी छन् । उनले शर्मा प्यानलकी दाना केसी सुवेदीलाई हराएकी हुन् ।
समावेशी उपाध्यक्षमा अवधेश झालाई पराजित गर्दै पोख्रेल समूहका उदय जिएम निर्वाचित भएका छन् । महासचिवमा भने रोशन पुरी विजय बनेका छन् । उनले शर्मा प्यानलका बालकृष्ण बस्नेतलाई पराजित गरे ।
खुला सचिवमा रामकृष्ण ज्ञवालीलाई हराउँदै गोविन्द्रप्रसाद चौलागाईं निर्वाचित भएका छन् । महिला सचिवमा सिर्जना अर्याल शर्मा समूहकी निमा काफ्लेलाई पराजित गर्दै विजयी बनेकी छन् । आदिवासी जनजातितर्फ सचिवमा नारायण सुन्दर किलम्बू निर्वाचित भएका छन् । उनले शाहीमान राईलाई हराए ।
सचिव मधेसीतर्फ दीपेन्द्र चौहान, सचिव दलिततर्फ हेमकर्ण विक, सचिव एशोसिएट पवन आचार्य र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् । उनीहरु सबै पोख्रेल समूहका हुन् ।
यस्तै लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छ्न् । उनले द्वारिकाप्रसाद काफ्लेलाई पराजित गरे । लेखा समिति सदस्यमा छविलाल तिवारी विजयी भए ।
सदस्यहरुमा सरिता तिम्सिना ९खस आर्य०, सञ्चकुमारी लामा तामाङ ९आदिवासी जनजाति महिला०, ललिताकुमारी साह ९मधेसी०, शान्ति आङबुहाङ ९आदिवासी जनजाति०, सरिता बराइली ९महिला(दलित०, भीषण राई ९आदिवासी जनजाति० लगायत निर्वाचित भएका छन् ।
मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुन लागेको हो ।






