लक्ष्मी ऐर
डडेल्धुरा,बैसाख, २२ गते । कोरोना संक्रमणबाट डडेल्धुराका थप एकजनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिका ३ का ५३ वर्षीय पुरुष नन्दबहादुर ऐरको आज कोरोना संक्रमणबाट मृत्यु भएको हो । डडेल्धुरा अस्पतालमा उपचार गराईरहेका ऐरलाई थप समस्या देखिएपछि सेती प्रादेसिक अस्पताल भर्ना भएका थिए ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत ऐरको आज दिउँसो १२ बजे मृत्यु भएको उनका आफन्तहरुले जानकारी दिएका छन । डडेल्धुरामा कोरनाका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
