Amargadhi Post

गाउँपालिकामा भिडियो एक्स–रे सेवा शुरु

अमरगढी रैबार सम्बाददाता
डोटी,असार,५ गते । पूर्वीचौकी गाउँपालिकाले आफ्नो पालिकाका नागरिकका लागि भिडियो एक्स–रे ९युएसजी० तथा एक्स–रे सेवा शुरु गरेको छ ।

एक वर्षअगाडि देखि एमबिबिएस चिकित्सकद्वारा सेवा प्रदान गरिरहेको गाउँपालिकाले आजदेखि भिडियो एक्स–रे ९युएसजी० तथा एक्स–रे सेवा शुरु गरेको छ । पालिकामा रहेका नागरिकलाई घरैमा सेवा दिने उद्देश्यले उक्त भिडियो एक्स–रे सेवाको शुरुआत गरिएको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पालिकामा भिडियो एक्स–रे नहुँदा नागरिकलाई निकै समस्या भएको थियो, नागरिकले घरैमा सेवा पाउन उपचारका लागि अन्यत्र जानु नपरोस् भनेर सेवा शुरु गरेका छौँ, सबै नागरिकले सहज सेवा पाउनु हुने छ ।” भिडियो एक्स–रे सेवा शुरु भएपछि यहाँका पेटसम्बन्धी बिरामीहरु, गर्भवती, पत्थरी तथा मिर्गौलासम्बन्धी, पित्तथैली र हड्डीसम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीको उपचार गर्न सहज हुने पालिकामा कार्यरत डा अङ्कित रेग्मीले जानकारी दिनुभयो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।