Amargadhi Post

अस्मिता मृत्यु प्रकरणको तिन दिन पछि पोष्टमाटम भयो

न्याय माग्दै आफन्तहरु सडकमा

मानबहादुर साँउद
डडेल्धुरा,असार,७ गते । शनिबार मृत फेला परेकी डडेल्धुराको परशुराम नगरपालिकाक—८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको आज तिनदिन पछि पोष्ट माटम भएको छ । उता मृतकका आफन्तहरु भने न्याय माग्दै सडकमा ओलिएका छन ।
आन्दोलनकारीले ‘धामीलाई न्याय दे, घटनाको सत्य तथ्य छानबिन गर, महिला हिंसा अन्त्य गर, धामीको बलात्कार गरि हत्या गर्नेलाई फाँसि दे, स्थानीय सरकार कान खोल’ लगायतका माग राखेर पिडितहरु आन्दोलित भएका छन ।
उहाँहरुले नगरप्रमुख भीमबहादुर साउँदलाई ६ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।
धामीको शव शनिबार परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो । उनको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको स्थानीयले जिकिर गरेका छन । असार २ गते आधारभूत स्वास्थ्य ईकाइ केन्द्र जमरानीबाट कोरोनाको वचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको शव वनमा फेला परेको हो ।


पोष्टमार्टम रिपोर्टबाट उनको हत्या गरिएको र बलात्कार भएको भन्नेबारे कुनै तथ्य फेला नपरेको एक प्रहरी अधिकारीले बताएका छन । अब उनको भिसेरा परीक्षणबाट के रिपोट आउछ त्यसलाई आधार बनाउनुपर्ने अबस्था सिर्जना हुन सक्छ । उता मृतकका आफन्तजनहरुले हत्यापछि बलत्कार भएको दाबी गर्दे दोशीहरुलाई कानुनी कारबाहीका लागी दबाब दिन ५०१ सदश्यिय सर्घष समिति गठन गरि चरणबद्ध आन्दोलनको घोषणा गरिएको स्थानीय धनबहादुर जाग्रीले जानकारी दिनुभयो ।
मृतकका आफन्तहरुले पोष्टमाटम गर्न ढिलाई गरेको भन्दै आक्रोसित भएका छन । मृतकका आफन्तहरुले परशुराम नगरपालिकालाई घटनामा सलग्न हत्याराहरुलाई यथासिघ्र पक्राउ गरि कानुनी कारबाही हुनुपर्ने,पिडित परिवारलाई उचित राहतको ब्यबस्था गर्नुपर्ने,घरको एकजनालाई रोजगारी दिनुपर्ने,मृतकका छोरा छोरीहरुलाई उच्च माध्यमिक तह सम्म निशुल्क पठन पाठन गर्ने जिम्मेवारी लिनुपर्ने लगायतका मागहरु राखेका छन ।
मृतकको शरिरका बिभिन्न भागमा निलडामहरु देखिएको र मोबायल समेत फेला नपरेको स्थानीयले जानकारी दिएका छन । घटनाको अनुसन्धानका लागी डडेल्धुरा प्रहरी प्रमुख महेन्द्र नेपाल नेतृत्वको टोली जोगबुढामा नै छ । यसैगरी क्षेत्रीय प्रहरी कार्यालय कैलालीको टोली समेत अनुसन्धानका लागी भन्दै जोगबुढामै रहेको जनाएको छ । घटनाका बिषयमा स्थानीयहरु निकै आक्रोशित भएका छन । राज्यका सयन्त्रहरुले यो घटनाका दोशीहरुलाई कानुनको कठघरमा उभ्याउन नसके यस्ता घटनाहरु घट्दै जाने भन्दै दबाब सिर्जना गरिरहेका छन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।