Amargadhi Post

डडेल्धुरामा कोरना संक्रमण दर घट्यो,खाली हुन थाले अस्पतालका बेडहरु

लक्ष्मी ऐर
डडेल्धुरा,असार,१२ गते । जिल्लामा कोरोना संक्रमणदर घटेसँगै डडेल्धुरा अस्पतालका बेडहरु खाली हुन थालेका छन । एक हप्ता अघिसम्म यहाँका कोरोना उपचार हुने अस्पतालमा बेडहरु नपाएर बिरामीलाई बरण्डामा राखुपर्ने अवस्था थियो ।
दैनिक ठूलो संख्यामा संक्रमित भर्ना हुने डडेल्धुरामा संक्रमण घटेपछि अहिले अधिकांश बाहिरी जिल्लाका बिरामी डडेल्धुराको अस्पतालमा उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा १०४ मध्ये मंगलबार ९८ बेडहरु खाली भएका छन ।
कोरोना उपचार हुँदै आएका अस्पतालमा रहेका जम्मा संंक्रमित संख्या २०२ जनाको रहेका मध्ये १६५ व्यक्ति उपचार पश्चात निको भएर घर फर्केको डडेल्धुरा अस्पतालका नि.प्रमुख डा.जगदिश चन्द्र विष्टले जानकारी दिनुभयो ।
डडेल्धुरामा अहिले संक्रमितभन्दा कोरोना जितेर घर फर्किनेको संख्या धेरै छ । दैनिक २ जनाभन्दा धेरैको मृत्यु हुँदै आएकामा केही दिनयता मृत्युदर समेत न्यून भएको छ ।
अस्पतालमा मृत्यु हुनेमा अधिकांश बाहिरी जिल्लाका रहेका बताइएको छ । कोरोना संक्रमणबाट अस्पतालमा हालसम्म ३१ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।