Amargadhi Post

सभापतिको उम्भेदवारबाट पछि नहट्ने नेता सिंहको भनाई

 काठमाण्डौ,असार,१२ गते ।  नेपाली कांग्रेका प्रभावशाली नेता प्रकाशमान सिहंले आफु कुनै पनि हालतमा सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताउनु भएको छ ।

रामचन्द्र पौडेलले बोलाएको बैठकमा नेता सिंहले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनको लागी पावर सेरिङ गर्न तयार रहे पनि सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताउनु भएको हो । ‘पार्टीको भविष्य र एकताका लागी पावर सेरिङ गर्न तयार छु, तर सभापतिको उम्मेदवारबाट पछि हट्दैन’ उहाँले भन्नु भयो ‘रामचन्द्रजीलाई मैले पहिलेदेखि नै भनेको हुँ। म उम्मेद्वार हुन नहुने के कुरामा कमी छरु’

साथै नेता सिंहले संस्थापन इतरमा उम्मेद्वार अरुलाई नछोड्ने बताउनु भएको छ । पार्टी, देश र जनताको लागी लामो समय देखि संघर्ष गर्दै आएको बताउदै नेता सिंहले अब पार्टीको सभापति भएर देश र जनताको सेवा गर्ने दाबी गर्नु भएको छ ।

नेविसंघ हुँदै पार्टी राजनीतिको विभिन्न भूमिका निर्वाह गर्दै आएकाले सभापतिको उम्मेद्वारी स्वभाविक भएको उहाँको भनाई छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।