Amargadhi Post

डडेल्धुराका एक ब्यपारीमाथी चक्कु प्रहार

लक्ष्मी ऐर
डडेल्धुरा,साउन २९ गते । डडेल्धुराका एक व्यापारी माथि गएराती चक्कु प्रहार भएको छ । जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ११ रडुवाका व्यापारी खेमराज अवस्थी माथि चार पाँच जनाको समुहमा आएको युबाहरुको टोलीले चक्कु प्रहार गरेको हो ।
नवदुर्गा गाउँपालिका वडा नम्बर २ बस्ने अवस्थी जेके मदिरा पसलका संचालक रहेको जिल्ला पहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
घाईते अवस्थीलाई डडेल्धुरा अस्पतालमा भर्ना गरीएको छ । उनको कान, दायाँ हातको पाखुरामा चक्कुको घाउ छ भने पसलमा समेत तोडफोड गरीएको छ ।
गएराती स्थानीय युबकहरुको टोलीले रक्सी महंगो विक्री किन गर्छस भन्दै उक्त समुहमा आएका युबकहरुले एकाएक उनलाई कुटपीट गरि पसल समेत तोडफोड क्षती पु¥याएका छन ।
स्याउले अस्थायी प्रहरी पोष्ट घटनास्थल पुगेर मुजुल्का उठाई कुटपिटमा संलग्नहरुको खोजीकार्य गरिरहेको छ । घटनामा संलग्नहरुको खोजीकार्य तिब रुपमा भईरहेको र उनीहरुमाथी कानुनी कारबाही गरिने डडेल्धुरा पहरी कार्यालयका निमिक्त कार्यालय पमुख पहरी निरिक्षक राजेन्दबहादुर चन्दले जानकारी दिनुभएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।