लक्ष्मी ऐर
डडेल्धुरा,भदौं ३ गते । नेकपा एमाले डडेल्धुराको पहिलो जिल्ला भेला भब्यताका साथ आज सम्पन्न भएको छ ।
नेकपा बिभाजन भएपछि पहिलो पटक औपचारिक रुपमा आयोजना गरिएको नेकपा एमालेको जिल्ला भेलाको उदघाटन एमाले पोलिटव्युरो सदस्य एव सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले गर्नुभएको थियो ।
नेकपा एमाले डडेल्धुराका अध्यक्ष प्रकाश साँउदको अध्यक्षतामा आयोजित भेलाबाट समसामयिक १४ बुंद्धे घोषणापत्र जारीगर्दे भेला सम्पन्न भएको छ ।
भेलाले पार्टि संगठन सुदढीकरण अभियान,बिधान संसोधनका बिषयमा समेत गहन छलफल गरेको छ । सर्वोच्च अदालतको परमादेशबाट निर्माण भएको देउवा सरकारले दलिय व्यवस्थामाथी प्रहार गर्ने र आफ्नो सत्ता स्वार्थका लागि हटात संसद अधिवेशन अन्त्य गरी संविधान विपरित २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले नयाँ पार्टी गठन गर्न सक्ने गरि गलत मनसायले ल्याएको अध्यादेशकोे भेलाले घोर भत्र्सना गरेको छ । उक्त अध्यादेश खारेजीका लागि जोडदार माग समेत गरेको छ । देउवा सरकारले भूमी सम्बन्धि समस्या समाधान आयोग खारेज गर्ने जनतामारा नीतिको विरोध र भू माफियालाई धरौटीमा रिहाईको विरुद्ध खेद प्रस्ताव पारित गर्दे अबिलम्ब भूमी आयोग खारेजीको निर्णय फिर्ता लिन सरकार संग जोडदार माग भेलाले गरेको छ ।

कालापानी लिपुलेक र लिम्पियाधुरा जस्तो हाम्रो देशको अखण्ड भूभागलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले प्रकाशन गरेको चुच्चे नक्सालाई समस्या देख्ने र उक्त भूभाग नेपाली सार्वभौमसत्ता अन्र्तगत ल्याउन छिमेकी राष्टसंग वार्ता र समस्या समाधानको सट्टा घुडा टेक्ने नीतिको घोर भत्र्सना गर्दै अबिलम्ब उक्त भूभाग फिर्ताको पहल गर्न यो भेला सरकारको ध्यानाकर्षण गराउदछ घोषणापत्रा उल्लेख गरेको छ ।
दार्चुलाको व्यास गाउपालिका २ निवासी जयसिह धामी बैदेशिक रोजगारका लागि सदरमुकाम दार्चुला हुदै काठमाण्डौ तर्फ तुईन तरेर आउन खोज्दा भारतीय सिमा सुरक्षा बलद्धारा तुईन काटेर नीजलाई वेपत्ता पारेको घटना प्रति भेलाले दुःख व्यक्त गरेको छ । यसैगरी नागरिकको बाँच्न पाउने नैसर्गिक अधिकारको विरुद्धमा भएको यो अमानविय घटनाको छानविन प्रति गठबन्धन सरकारले देखाएको उदासिनता र गृह मन्त्रालयको सह सचिवको नेतृत्वमा छानविन समिती गठन गरि घटनालाई ओझेलमा पार्ने र दार्चुला जिल्लाका नेपाली काँग्रेसका सांसद दिलेन्द्र बडु लगायत प्रशासनीक कर्मचारीहरुद्धारा तुईन काटिएको घटनालाई ढाकछोप गर्न तुईनबाट खसेको भन्ने अभिव्यक्ति दिने क्रियाकलापहरुको घोर निन्दा एवं भत्र्सना गर्दै अबिलम्व उच्च स्तरिय संसदीय छानविन समिति गठन गरि उक्त घटनाको सत्य तथ्य छानविनका लागी समेत माग गरेको छ । साथै उक्त ठाउमा ठेक्का सदर भै निर्माण हुन बाकी रहेको झोलुङ्गे पुलको निर्माण कार्य अबिलम्ब थालनी गरियोस भन्ने भेलाको जोडदार माग छ ।

कोभिड महामारीको समयमा आफ्नो ज्यानको समेत प्रवाह नगरी जनताको सेवामा खटिएकी परशुराम नगरपालिका वडा नं.८ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीले असार २ गते स्वास्थ्य केन्द्र जमरानीबाट कोरोना बचत खोप र स्वास्थ्य सामाग्री बोकेर जोगबुडा अस्पताल लैजाने क्रममा असार ३ गते परशुराम नगरपालिका ९ को हट्वानी सामुदायिक वनमा उनको शव फेला परेको थियो तर हत्या भएको दुई महिना वितिसक्दासम्म बर्तमान सरकारले दोषि पत्ता लगाउन कुनै चासो नदेखाएको हुँदा तत्काल दोषि पत्ता लगाई कानुनी दायरामा ल्याउन र पिडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्थापन गर्न भेलाले जोडदार माग गरेको छ ।
संघिय सरकार मातहत रहेको सदुरपश्चिम प्रदेशको एक मात्रै अस्पताल डडेल्धुरा अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गरि सुदुरपश्चिमका पहाडी जिल्लाका नागरिकहरुको स्वास्थ्य उपचारमा पहुँच निर्माणका लागि तत्काल प्रतिष्ठान निर्माण कार्यको प्रक्रिया अगाडी बढाउन नेपाल सरकारसंग भेलाले जोडदार माग गरेको छ । यसैगरी भेलाबाट त्रिभूवन विश्व विद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुरामा पछिल्लो समय शैक्षिक गुणस्तर खस्किदै गएको सन्र्दमा उक्त क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिका साथै थप प्राविधिक कार्यक्रमहरु बन विज्ञान,कृषि विज्ञान जस्ता कार्यक्रमहरु लागु गराउनका लागि नेपाल सरकारसंग माग गरेको छ ।
नेकपा एमालेका श्रदेय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारलेनिर्माण सुरु गरेका दिर्घकालिन योजनाका साथै प्रत्येक पालिका सदरमुकाम जोड्ने सडकहरुलाई कालोपत्रे गर्ने कार्यक्रममा यथासक्य चाँडो कार्यान्वयन गर्न माग गर्दछौ भनिएको छ । बाढीपिडितहरुलाई पुर्नबास र पुर्न स्थापना तथा आवश्यक क्षतिपूर्तिको नेपाल सरकारसंग यो भेला माग गर्दछ । यो भेला पश्चिम सेती जलविद्युत परियोजना तत्काल संचालनमा ल्याईयोस भन्ने जोडदार माग गदर्छ ।
यसैगरी अमरगढी स्मार्टसिटी निर्माणका निमित्त विनियोजन बजेट अर्थमन्त्रालयको पत्रद्धारा कार्यान्वयनमा अवरोध भै रहेकोले तत्काल फुकुवा गरि प्रक्रिया अगाढी बढाउन भेला नेपाल सरकारलाई जोडदार माग गरेको छ । डडेल्धुरा सदरमुकामको सडक विस्तार कार्य तत्काल अगाढी बढाउन सवै पक्षलाई सहयोगका लागि भेलाले अपिल गरेको छ । २०७८ असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासबाट प्रतिनिधि सभा विघटन सम्बन्धि भएको फैसला पश्चात बनेको गठबन्धन सरकार कोरोना नियन्त्रण र जनताको लागि खोपको व्यवस्थापन गर्नुको सट्टा केपी ओली सरकारले व्यवस्थापन गरेकोखोप समेत रातिराति आफ्ना कार्यकर्तालाई लगाउने कार्य गर्दै आएको प्रति भेलाले घोर भत्र्सना गर्दछ भनिएको छ ।
जिल्ला कमिटी सदस्य एवं अखिल नेपाल किसान महासंघ स्थायी कमिटी सदस्य कमरेड तारा खातिलाई परेको शोक(ससुरा) को निधन र अजयमेरु गाँउपालिका वडा नं. ५ निवासी नेकपा एमाले जिल्ला कमिटी सदस्य कमरेड राजबहादुर पाललाई परेको पितृशोकको घडीमा भेला दिवंगत वुवा प्रति भावपूर्ण श्रदाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार जनहरु प्रति अशिम समवेदना व्यक्त गरेको छ । भेलामा सुदुरपश्चिम प्रदेश कमिटी सचिव तथा डडेल्धुरा ईन्चार्ज कमरेड राजेन्द्रसिह रावल,पदेश कमिटि सदश्य एबम सुदुरपश्चिम पदेश सरकारका पुर्ब भौतिक पुर्बाधार मन्त्री पठानसिह बोहरा,पदेश कमिटी सदश्य एबम पुर्ब जिबिस सभापति गजेन्द शाही,अमरगढी नगरपालिकाका नगर पमुख बिशेश्वर पशाद ओझा लगायतका नेताहरुले शुभकामना मनतब्य ब्यक्त गरेका थिए । भेलामा झण्डै एकसय भन्दा बढी नेता कार्यकर्ताहरु एमाले पार्टि पबेश गरेका छन । पबेश गर्नेहरुमा राष्टिय जनमोर्चाका जिल्ला सचिबालय सदश्य एबम परशुराम नगरपालिकामा स्थानीय तहको निर्बाचनका बेला मेयरका पत्यासी उम्मेदवार फागुसिह महता,पेश युनियन डडेल्धुराका केन्दीय पतिनिधी मदनराज भटट,समाजसेबी मणिकराज भटट लगायतका झण्डै एकसय नेता कार्यकर्ताहरु काँगेस,माओबादी,राजमो लगायतका पार्टि परित्याग गरि एमालेमा पबेश गरेका थिए ।
