Amargadhi Post

अबिरल बर्षाले झोलुङ्गे पुल बगायोे , सयौं रोपनी जमिन कटान

लक्ष्मी ऐर
डडेल्धुरा,भदौं १४ गते । अविरल वर्षाका कारण आएको बाढिले डडेल्धुराको परशुराम नगरपालिकामा ठूलो भौतिक क्षति भएको छ । बाढिले नगरपालिकाको वडा नं. ८ र ९ मा रहेको डेबरी खोला झोलुंगे पुल बगाएको छ ।
झोलुंगे पुल खोलाले बगाएपछि २ ओटा वडाहरुको संम्वन्ध विच्छेद भएको छ । खोलाले पुल बगाएपछि बिद्यार्थीहरुलाई आवतजावत गर्न निकै जोखिम यात्रा गर्नु परेको छ ।
यसैगरी डेबरी खोलामा आएको बाढिले वडा नं. ८ सानखोलाका स्थानियहरुको खेत कटान गरेको छ भने घर पनि जोखिममा परेका छन् ।
झोलुङ्गे पुल नजिकै रहेको कुलेभाट सामुदायिक बनको पक्की भवन र एक स्थानीय पसल पनि उच्च जोखिममा रहेको छ ।
सोही खोलाले डेबरीका स्थानिय कलक धामी,जयमल धामी र धिगुरो धामीको जमिन र वडा नं. ८ जमरानीका नरेन्द्र बिष्टको जमिन पनि कटान गरेको छ । त्यस्तै वडा नं. ९ कै न्याउली खोलामा आएको बाढिले बिरलथला जोड्ने काठको पुल बगाएको छ भने खोला किनारका हर्क ब. बोहरा,कालुसिंह बोहरा, बेलमति लुहार,कृष्ण बोहरा, मान बहादुर बोहराको जमिन बगाएको इलाका पशासन कार्यालय जोगबुढाले जानकारी दिएको छ ।
तिन चार दिन देखिको लगातारको बर्षाले नगरपालिका भित्रका बिभिन्न बस्तीहरुमा क्षती भईरहेको छ र क्षतीको यकिन बिबरण आउन केही दिन लाग्ने समेत पशासनले जनाएको छ ।
खोलाले गाईबाधे जडेपानीको ईन्टेक तथा पाईप बगाउदा वडा नं. ९ को गाईबादेमा खानेपानीको अभाव भएको छ । यसैगरी गाईबाधे बजारको पश्चिम तर्फ माथीबाट पहिरो आउँदा हरि सिंह धामी,कृष्ण पन्त,गौर सिंह ठगुन्ना,मोहन बोहराको घर पनि उच्च जोखिममा रहेका छन् ।
वडा नं. ९ को बझाङ्गीजालामा रन बहादुर साउद,धन ब. खड्का,गंगा देबी खड्का,रंगलाल धामी,गगन ब. धामी,जय ब. खत्रीको रोपाई गरिएको करिव १० रोपनी जमिन कटान गरिएको छ । विपतको समयमा कुनै पनि सरोकारवाला निकायले चाँसो नदेखाएको भन्दै पिडितहरुले दुखेसो पोखेका छन् । वर्षातका कारण गाईबाधे साँदनी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ भने सडक अवरुद्ध हुदा स्थानियहरुलाई दैनिक उपभोग्य वस्तु आपुर्तिमा समस्या भएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।